Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

वीरगंजका ३० नं. वडाले विद्यार्थीलाई निशुल्क शैक्षिक सामग्री दिँदै

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ३० ले वडाका विद्यार्थीलाई आगामी पाँच वर्षसम्म नि:शुल्क शैक्षिक सामग्री उपलब्ध गराउने भएको छ ।  वडाअध्यक्ष मनोजकुमार यादवले वडामा रहेका तिनवटा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई आगामी पाँच वर्षसम्म नि:शुल्क रुपमा शैक्षिक सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

घोषणासंगै यादवले मंगरबार वडा अन्तर्गतका नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रसुतिपुर, नेपाल राष्ट्रिय प्राथमिक विधालय र मुस्लिम समुदायका बालबालिकाहरु पढ्ने इस्लामिया मदर्शामा शैक्षिक सामग्री वितरण गरेका छन् । तीन वटै विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई चालु शैक्षिक सत्रका लागि आवश्यक पर्ने कपी र कलम वितरण गरेका हुन् । ती विद्यालयहरु कुल १ हजार २ सय विधार्थी अध्ययनरत छन् ।

तीन वटै विधालयहरुमा अध्यनरत कक्षा १ देखि ८ सम्मका सबै विधार्थीहरुलाई आफनो कार्यकालभरि वडा कार्यालयबाट निशुःल्क शैक्षिक सामाग्री (कपी , कलम , स्कुल ब्याग इत्यादि) उपलब्ध गराउने निर्णय गरिएको वडाध्यक्ष यादवले बताए ।

सोही निर्णय अनुरुप मंगलबार तीन वटै विधालयमा पुगेर विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरणपनि गरिएको जानकारी उनले दिए । यादवले भने,‘ किताब र पोशाक सरकारले नै निशुल्क दिदै आएको छ , त्यो बाहेक कापी, कलम, स्कुल ब्याग इत्यादि शैक्षिक सामाग्री मेरो कार्यकालभरि अर्थात ५ वर्षसम्म वडाको बजेटबाट निशुल्क उपलब्ध गराइन्छ ।

उनले थपे,‘ सरकारी विधालयमा एक त अधिकांश गरिब विपन्नका बालबालिकाहरु नै पढ्छन् , त्यसमा पनि कापी कलम किन्न पैसा छैन भनेर कतिपय अभिभावकले बालबालिकालाई विधालय नै पठाउदैनन् , तीनै बालबालिकालाई लक्षित गरि मैले यो काम थालेको हुँ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...