Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

वीरगंजका ३० नं. वडाले विद्यार्थीलाई निशुल्क शैक्षिक सामग्री दिँदै

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ३० ले वडाका विद्यार्थीलाई आगामी पाँच वर्षसम्म नि:शुल्क शैक्षिक सामग्री उपलब्ध गराउने भएको छ ।  वडाअध्यक्ष मनोजकुमार यादवले वडामा रहेका तिनवटा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई आगामी पाँच वर्षसम्म नि:शुल्क रुपमा शैक्षिक सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

घोषणासंगै यादवले मंगरबार वडा अन्तर्गतका नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रसुतिपुर, नेपाल राष्ट्रिय प्राथमिक विधालय र मुस्लिम समुदायका बालबालिकाहरु पढ्ने इस्लामिया मदर्शामा शैक्षिक सामग्री वितरण गरेका छन् । तीन वटै विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई चालु शैक्षिक सत्रका लागि आवश्यक पर्ने कपी र कलम वितरण गरेका हुन् । ती विद्यालयहरु कुल १ हजार २ सय विधार्थी अध्ययनरत छन् ।

तीन वटै विधालयहरुमा अध्यनरत कक्षा १ देखि ८ सम्मका सबै विधार्थीहरुलाई आफनो कार्यकालभरि वडा कार्यालयबाट निशुःल्क शैक्षिक सामाग्री (कपी , कलम , स्कुल ब्याग इत्यादि) उपलब्ध गराउने निर्णय गरिएको वडाध्यक्ष यादवले बताए ।

सोही निर्णय अनुरुप मंगलबार तीन वटै विधालयमा पुगेर विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरणपनि गरिएको जानकारी उनले दिए । यादवले भने,‘ किताब र पोशाक सरकारले नै निशुल्क दिदै आएको छ , त्यो बाहेक कापी, कलम, स्कुल ब्याग इत्यादि शैक्षिक सामाग्री मेरो कार्यकालभरि अर्थात ५ वर्षसम्म वडाको बजेटबाट निशुल्क उपलब्ध गराइन्छ ।

उनले थपे,‘ सरकारी विधालयमा एक त अधिकांश गरिब विपन्नका बालबालिकाहरु नै पढ्छन् , त्यसमा पनि कापी कलम किन्न पैसा छैन भनेर कतिपय अभिभावकले बालबालिकालाई विधालय नै पठाउदैनन् , तीनै बालबालिकालाई लक्षित गरि मैले यो काम थालेको हुँ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...