Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

होटल व्यवसायलाई उद्योग सरह मान्यता दिन माग

spot_img
spot_img

वीरगञ्ज ।  होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले होटल तथा पर्यटन व्यवसायलाई पनि उद्योगसरह मान्यता दिन माग गरेको छ । संघका अध्यक्ष हरि पन्तको नेतृत्वमा गएको होटल व्यवसायीको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई भेटेर उक्त माग गरेको हो ।

देशको आर्थिक विकासमा ‘होटल तथा पर्यटन व्यवसाय’ क्षेत्रको महत्वपूर्ण भूमिका भएको भन्दै व्यवसायीहरुले यस क्षेत्रलाई तंग्रिन र विकास गर्नमा सघाउनका लागि पनि उद्योग सरह मान्यता दिनुपर्ने उनीहरुको माग छ । उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा वैदेशिक मुद्रा आर्जनको उपयुक्त माध्यम होटल व्यवसाय भएको उनीहरुको भनाइ छ ।

‘होटल तथा पर्यटन व्यववसाय’लाई उद्योग सरह मान्यता दिने कुरा हामीले यसअघि पनि उठाउँदै आएको विषय हो । यस्तो मान्यताले उद्योगहरुलाई प्राप्त हुने सहुलियत र सुविधाहरु हामीले पनि पाउने आधार बन्छ । उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा वैदेशिक मुद्रा आर्जनको स्थापित माध्यम भएको र देशको आर्थिक विकासको राज्यद्वारा नै चिन्हित गरिएको महत्वपूर्ण क्षेत्र रहेको ‘होटल तथा पर्यटन व्यवसाय’लाई तंग्रिन र विकास गर्नमा यसले मद्धत मिल्ने छ’ मन्त्री रिजाललाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।’

होटललाई उद्योग सरह मान्यता दिएको खण्डमा व्यवसायीले राज्यबाट विभिन्न सुविधा प्राप्त गर्ने भएको हुनाले व्यवसायीलाई प्रोत्साहन मिल्ने होटल व्यवसायी हरि पन्त बताउँछन् । होटल व्यसायीलाई उद्योगमा दर्ता गराउने तर नाफामूलक व्यवसायको रूपमा मात्रै हेर्नु ठिक नभएको उनले बताए ।

मन्त्री रिजालले छिट्टै  नितिगत र प्रक्रियागत अड्चनहरुलाई सच्याएर  होटल तथा पर्यटन क्षेत्रलाइ पनि   उद्योग सरह मान्यता दिने बताएका छन् । होटल व्यवसायीहरुले उठाएको विषय जायज भएको बताउँदै मन्त्री रिजालले मागको सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...