Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

बर्दिवास नगरपालिकाका मेयर कार्की कांग्रेसमा प्रवेश

spot_img
spot_img

वीरगंज । महाेत्तरीकाे बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कार्की नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गत स्थानीय तहकाे निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका कार्की बर्दिवास नगरपालिकाकाे मेयरमा निर्वाचित भएका थिए ।

शनिबार काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवाकाे निवासमा कार्की देउवाकै हातबाट खादा र टीका लगाएर कांग्रेसमा प्रवेश गरेका हुन् ।

त्यसअवसरमा कांग्रेस केन्द्रीय सदस्य एंव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल,कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना, मधेस प्रदेश सभापति कृष्ण यादव, सांसद महेन्द्र राय यादव लगायतको पनि उपस्थिति थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...