Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पाेखरियामा कानु समाजकाे नगर कार्य समिति गठन

spot_img
spot_img

पाेखरिया । पर्साकाे पोखरिया नगरपालिकामा कानु समाज नेपालको पोखरिया नगर कार्यसमिति गठन गरिएको छ ।

शनिबार सम्पन्न कानु जातिकाे स्वजातिय भेलाले लक्ष्मण साह कानुकाे अध्यक्षतामा नगर कार्य समिति गठन गरेको हाे । समितिकाे उपाध्यक्ष शिवपुजन साह, सचिवमा मुखी साह कानु र कोषाध्यक्षमा शैलेश साह कानु रहेका छन् ।

कानु समाज नेपालका केन्द्रीय अध्यक्ष हरिहर प्रसाद साह कानुकाे प्रमुख आतिथ्यमा भएको भेलामा कानु समाजका जिल्ला अध्यक्ष रामबाबु साह कानु, किशोरी साह कानु, शम्भु साह कानु, पदार्थ साह कानु, लक्ष्मी साह कानु, रामदयाल साह कानु लगायतकाे पनि उपस्थिति रहेको थियाे।

भेलामा हनुमान फर्निचर उद्योगका सञ्चालक लक्ष्मी साह कानुले कानु समाजकाे पोखरिया नगर कार्य समितिको नाममा कोष स्थापना तथा बैंक खाता संचालनका निम्ति ५ हजार १०५ रुपैयाँको चेक नगर अध्यक्ष लक्ष्मण साह कानुलाई प्रदान गरेकाे काेषाध्यक्ष शैलेश साह कानुले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...