Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियामा कानु समाजकाे नगर कार्य समिति गठन

spot_img
spot_img

पाेखरिया । पर्साकाे पोखरिया नगरपालिकामा कानु समाज नेपालको पोखरिया नगर कार्यसमिति गठन गरिएको छ ।

शनिबार सम्पन्न कानु जातिकाे स्वजातिय भेलाले लक्ष्मण साह कानुकाे अध्यक्षतामा नगर कार्य समिति गठन गरेको हाे । समितिकाे उपाध्यक्ष शिवपुजन साह, सचिवमा मुखी साह कानु र कोषाध्यक्षमा शैलेश साह कानु रहेका छन् ।

कानु समाज नेपालका केन्द्रीय अध्यक्ष हरिहर प्रसाद साह कानुकाे प्रमुख आतिथ्यमा भएको भेलामा कानु समाजका जिल्ला अध्यक्ष रामबाबु साह कानु, किशोरी साह कानु, शम्भु साह कानु, पदार्थ साह कानु, लक्ष्मी साह कानु, रामदयाल साह कानु लगायतकाे पनि उपस्थिति रहेको थियाे।

भेलामा हनुमान फर्निचर उद्योगका सञ्चालक लक्ष्मी साह कानुले कानु समाजकाे पोखरिया नगर कार्य समितिको नाममा कोष स्थापना तथा बैंक खाता संचालनका निम्ति ५ हजार १०५ रुपैयाँको चेक नगर अध्यक्ष लक्ष्मण साह कानुलाई प्रदान गरेकाे काेषाध्यक्ष शैलेश साह कानुले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...