Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

संघिय र सबै प्रदेश सरकारमा पालै पालो नेतृत्व हुन्छ : अध्यक्ष नेपाल

spot_img
spot_img

जनकपुरधाम । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले संघिय र प्रदेश सबै सरकारमा गठबन्धनकारी दलको पालै पालो नेतृत्व हुने बताएका छन् ।

जनकपुरधाममा शुक्रवार समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यो प्रदेश मेरो त्यो प्रदेश तिम्रो भन्ने स्थिती नरहेकाले सबै सरकारमा गठबन्धनकारी दलहरुले नेतृत्व पाउनुपर्ने बताए । चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले हालका देशका मुख्य मुलधारका पार्टीहरु समयमै समिक्षा सहित सुध्रिन संन्देश दिएकाले त्यसको तत्कालै समिक्षा र सुधार हुन आवयश्क रहेको उनले वताए ।

उनले अव ७० लागेका नेताहरु आराम गर्नुको विकल्प नरहेको भन्दै उनले स्वयम् आफु लगायत त्यस्ता सम्पुर्ण नेताहरुलाई पुस्तान्तरणका लागि आहवान गरेका छन् । देशमा आर्थिक संकटका बिच प्रचण्ड नेतृत्वको सरकारले आफनै नेतृत्वको जनयुद्वका अयोग्य लडाकुहरुलाई दुई/दुई लाख दिने निर्णयको उनले विरोध समेत गरे । उनले यस्तो आर्थिक अवस्थामा यो निर्णय भर्खरै गरिएको हो भने गलत रहेको बताए ।

आफुलाई धेरै कुरा थाहा नरहेको बताउँदै नेपालले यो निर्णय पहिलाकै हो कि नयाँ हो ? भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले यसकाे विषयमा स्पष्ट पार्नुपर्ने बताए । उनले समाजवादी मोर्चाका लागि पनि अव पहल सुरु हुने बताए । माओवादी र जसपासंग मात्र होइन बिप्लव समुह संग समेत कुराकानी भइरहेको बताउँदै उनले कम्युनिष्ठ आन्दोलन बचाउन मोर्चा गरिने बताए ।

समाजवादी पत्रकार संगठनका धनुषाका अध्यक्ष अकुल प्रसाद साहकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय उपाध्यक्ष धर्मनाथ प्रसाद साह, नेताहरु रामचन्द्र झा, सत्रुधन महतो, रामअवतार यादव, लाल गोइत, गोविन्द न्यौपाने, शितल झा, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह सहितको उपस्थिती थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...