Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026

संघिय र सबै प्रदेश सरकारमा पालै पालो नेतृत्व हुन्छ : अध्यक्ष नेपाल

spot_img
spot_img

जनकपुरधाम । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले संघिय र प्रदेश सबै सरकारमा गठबन्धनकारी दलको पालै पालो नेतृत्व हुने बताएका छन् ।

जनकपुरधाममा शुक्रवार समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यो प्रदेश मेरो त्यो प्रदेश तिम्रो भन्ने स्थिती नरहेकाले सबै सरकारमा गठबन्धनकारी दलहरुले नेतृत्व पाउनुपर्ने बताए । चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले हालका देशका मुख्य मुलधारका पार्टीहरु समयमै समिक्षा सहित सुध्रिन संन्देश दिएकाले त्यसको तत्कालै समिक्षा र सुधार हुन आवयश्क रहेको उनले वताए ।

उनले अव ७० लागेका नेताहरु आराम गर्नुको विकल्प नरहेको भन्दै उनले स्वयम् आफु लगायत त्यस्ता सम्पुर्ण नेताहरुलाई पुस्तान्तरणका लागि आहवान गरेका छन् । देशमा आर्थिक संकटका बिच प्रचण्ड नेतृत्वको सरकारले आफनै नेतृत्वको जनयुद्वका अयोग्य लडाकुहरुलाई दुई/दुई लाख दिने निर्णयको उनले विरोध समेत गरे । उनले यस्तो आर्थिक अवस्थामा यो निर्णय भर्खरै गरिएको हो भने गलत रहेको बताए ।

आफुलाई धेरै कुरा थाहा नरहेको बताउँदै नेपालले यो निर्णय पहिलाकै हो कि नयाँ हो ? भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले यसकाे विषयमा स्पष्ट पार्नुपर्ने बताए । उनले समाजवादी मोर्चाका लागि पनि अव पहल सुरु हुने बताए । माओवादी र जसपासंग मात्र होइन बिप्लव समुह संग समेत कुराकानी भइरहेको बताउँदै उनले कम्युनिष्ठ आन्दोलन बचाउन मोर्चा गरिने बताए ।

समाजवादी पत्रकार संगठनका धनुषाका अध्यक्ष अकुल प्रसाद साहकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय उपाध्यक्ष धर्मनाथ प्रसाद साह, नेताहरु रामचन्द्र झा, सत्रुधन महतो, रामअवतार यादव, लाल गोइत, गोविन्द न्यौपाने, शितल झा, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह सहितको उपस्थिती थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लब गठन, अनुकम्पा गुप्ता चार्टर अध्यक्ष

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको प्रायोजनमा मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लबको औपचारिक चार्टर (स्थापना) समारोह सम्पन्न भएको छ। विद्यालयमा पहिलोपटक गठन गरिएको क्लबले...

पर्सामा च्यातिएका र फोहोर राष्ट्रिय झण्डा तत्काल फेर्न प्रशासनको निर्देशन

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सार्वजनिक स्थानमा राखिएका नेपालको राष्ट्रिय झण्डाको संरक्षण, मर्मत तथा नियमित फेरबदल गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको...

पर्साको सीमाक्षेत्रबाट ११ किलो गाँजासहित एक जना पक्राउ

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलले ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान करिब...