Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंज नगर क्षेत्र भित्रकाे अव्यवस्थित तार हटाउने निर्णय

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका इन्टरनेट तथा टेलिफोनका तारहरू आइतबारबाट काटेर हटाउने भएको छ । बिहीबार महानगर क्षेत्रमा सेवा प्रवाह गर्ने सेवा प्रदायक कम्पनीका प्रतिनिधिसहितको बैठकले नगर क्षेत्रको अव्यवस्थित तार काटेर हटाउने निर्णय गरेको हो ।

पहिलो चरणमा आइतबारदेखि घण्टाघर क्षेत्रबाट अव्यवस्थित तार हटाउने काम सुरु गरिने निर्णय गरिएको महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए । महानगरले पटक पटक तार व्यवस्थापनका लागि पहल गर्दा समेत सेवा प्रदायक कम्पनीले चासो नदेखाएपछि आइतबारबाट भने काटेरै हटाउन लागिएको हो ।

बिहीबारको बैठकमा महानगरभित्र सेवा प्रवाह गर्ने सबै इन्टरनेट तथा केवल सेवा प्रदायकका प्रतिनिधि बोलाइएको भए पनि ५ वटा सेवा प्रदायकका प्रतिनिधि मात्रै सहभागि भएका थिए । नेपाल टेलिकम, सीजी नेटवर्क, भायनेट, म्याक्स र हकनेटका प्रतिनिधि बैठकमा सहभागि थिए ।

वीरगंजकाे मुख्य सडक र शाखा सडक छेउमा रहेका विद्युतीय पोल र टेलिकमका पोलहरूमा विभिन्न कम्पनीका नेट सेवा प्रदायक तथा अन्य संस्थाहरूले टाँगेका तारहरू अव्यवस्थित रहेको र यसले महानगरको सौन्दर्यतालाई नै कुरूप बनाएकोले महानगरले व्यवस्थापनको लागि पटक पटक प्रयास गर्दै आइरहेको छ ।

अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनहरूमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुन सक्ने हुँदा ती तारहरूको व्यवस्थापन गर्न तार काटेरै अघि बढ्न थालेको हो ।

बैठकमा सहभागि सेवाप्रदायक कम्पनीका प्रतिनिधिले तार व्यवस्थापनमा अटेर गर्ने सेवा प्रदायकलाई जरिबाना गर्ने व्यवस्था सुरु गर्न पनि आग्रह गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...