Date
आइत, भदौ ७, २०८३
Sun, August 23, 2026

सुरक्षित बैदेशिक रोजगार सम्बन्धी प्रहरीहरुसँग अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । सुरक्षित बैदेशिक रोजगार सम्बन्धी प्रहरीसँग १ दिने अन्तरक्रिया कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएकाे छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नितिगत अगुवाई, प्रदेश सरकारको समन्वय, हेल्भेटास नेपालको प्राविधिक सहयोग, स्थानीय सरकारको नेतृत्व र सेवा प्रदायक संस्था दिव्य विकास स्रोत केन्द्र, पर्साको सहजीकरणमा सञ्चालन भईरहेको “सुरक्षित आप्रवासन (सामी) परियोजना” अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

बैदेशिक रोजगारीको क्रममा ठगी तथा विभिन्न समस्यामा परेकाहरुको छिटो छरितो न्याय प्राप्ती तथा उनीहरुले पाउने क्षतिपूर्ति सहज ढंगबाट प्राप्त गर्नको लागि प्रहरीसंग समन्वय गर्ने तथा आउने दिनहरुमा बैदेशिक रोजगारीमा जाने कुनै पनि युवा ठगीमा नपरुन उद्देश्यले समुदायमा व्यापक सचेतीकरण तथा समस्यामा परेर उजूरी भएका घटनाहरुको न्यायीक प्रक्रियामा सहयोग गर्नको लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको दिव्य विकास स्राेत केन्द्रका गणेश ठकुरीले जानकारी दिए ।

कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत शिवचरण रौनीयारले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको संक्षिप्त जानकारी तथा यस कार्यक्रमले कसरी आफ्ना कार्यक्रमहरुलाई अगाडी बढाईरहेको विषयमा प्रस्तुतिकरण मार्फत जानकरी गराएका थिए ।

कार्यक्रममा आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता जयप्रकाश प्रसादले आप्रवासी स्रोत केन्द्रमा यस चालु आर्थिक वर्षमा ८७ ओटा बैदेशिक रोजगारी सम्बन्धी घटनाहरु दर्ता भएको, जसमध्ये २८ ओटा घटनाहरु समाधान भईसकेको वताए । जस मध्ये १४ ओटा घटनाहरु ठगीका घटनाहरु रहेको उनले जानकारी गराए  ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले नेपालको संविधानमा संशोधन भएका बैदेशिक रोजगार सम्बन्धी ऐन, नियमहरु तथा प्रमुख जिल्ला अधिकारीको भूमिका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

उनले यूवाहरुलाई विदेश जानु पूर्व नै ठगीनबाट बचाउनको लागि विभिन्न पहल गर्दै आएको कामकाे प्रशंसा गर्दै यसलाई अझै व्यापक रुपमा जनसमुदायमा पु¥याउनु आवश्यक रहेको वताए । उनले बैदेशिक रोजगारीमा जानेको संख्या बढेकोले ठगीनेहरुको संख्या पनि बढेको जसमा विदेश जानुपूर्व, गएपछि तथा विदेशबाट फर्केर आएपछि पनि ठगिने गरेकाे वताए । तर ठगीएको प्रमाण नभएका कारण यस्ता घटनाहरुलाई पनि प्रहरीको नेतृत्वमा ठगहरुबाट क्षतिपूर्ती दिलाउन सकिने कुरामा जोड दिदै प्रहरी साथीहरु संग यस्ता घटनाहरुलाई सामाधान लागी पहल गरिदिन पनि आग्रह गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दावा शेर्पाले सामी कार्यक्रम तथा नेपाल प्रहरी बिचको समन्वय तथा सहकार्य सम्बन्धी प्रस्तुीकरण गरेका थिए । कार्यक्रममा भएको खुल्ला छलफलमा सहभागीहरुले आ–आफ्ना जिज्ञासा राखेका थिए भने परियोजनाका कमचारीहरुबाट जिज्ञासालाई सामाधान गरिएका थिए ।

पत्रकार महासंघ पर्साको उपाध्यक्ष युवराज खड्काले सामी कार्यक्रम अन्तर्गतका सीपमुलक तालिम संचालन भईरहेको तर सबैलाई जानकारी नभएकोले समुदायलाई जानकारी गराउनको लागी चेतनामुलक कार्यक्रम संचालन गर्नु पर्ने कुरा आफ्नो मन्तब्यको क्रममा राखेका थिए ।

ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मोहन विक्रम केसीले सामी कार्यक्रम एकदमै राम्रो रहेको र यसले वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित बनाउनको लागी अहम भुमिका निर्वाह गरिरहेको वताए ।

दिव्य विकास स्रोत केन्द्रका अध्यक्ष उमेश प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रसाशन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सहित विभिन्न ईलाका प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयहरुका प्रतिनिधि, पत्रकार लगायतकाे  सहभागिता रहेको थियो ।

होटेल रोयल  विरगंजमा भएकाे कार्यक्रममा स्वागत मन्तव्य दिव्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामकान्त प्रसाद कुर्मीले राखेका थिए भने सहजिकरण दिब्य विकास स्रोत केन्द्रका कोपिला चौलगाईले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...