Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

spot_img
spot_img

वीरगंज । बारा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । प्रतिनिधि सभा सदस्यकाे बैशाख १० गते आइतबार भएकाे उपनिर्वाचनकाे बुधबार विहान १:३० बजे सम्पन्न मतगणना नतिजा अनुसार ५ हजार ८१ मतले अध्यक्ष यादव विजयी भएका हुन् ।

५ दलिय गठबन्धनका सांझा उम्मेदवार समेत रहेका अध्यक्ष यादवले २८ हजार ४१५ मत प्राप्त गरि विजयी भएकाे जिल्ला निर्वाचन अधिकारी सराेज चाैधरीले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए  ।

तेस्राे स्थानमा नेकपा एमालेका पुरुषाेत्तम पाैडेल १० हजार २१६ मत, चाैथाे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद खरेल २ हजार ८२९ मत र पांचाै स्थानमा रहेका आम जनता पार्टीका अरुण कुमार ज्ञवाली २ हजार ७३८ मत पाएका हुन् ।

यस क्षेत्रमा एक लाख ५ हजार २४८ जम्मा मतदाता रहेपनि त्यसकाे ६५ .५८ प्रतिशत अर्थात ६९ हजार २२ मत मात्र खसेकाे थियाे । जस मध्ये ८३० मत बदर भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

२०७९ मंसिर ४ गते भएकाे निर्वाचनमा यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जसपा कै रामसहाय यादव उपराष्ट्रपति भएपछि रिक्त रहेकाे पदकाे लागि उपनिर्वाचन भएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...