Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

spot_img
spot_img

वीरगंज । बारा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । प्रतिनिधि सभा सदस्यकाे बैशाख १० गते आइतबार भएकाे उपनिर्वाचनकाे बुधबार विहान १:३० बजे सम्पन्न मतगणना नतिजा अनुसार ५ हजार ८१ मतले अध्यक्ष यादव विजयी भएका हुन् ।

५ दलिय गठबन्धनका सांझा उम्मेदवार समेत रहेका अध्यक्ष यादवले २८ हजार ४१५ मत प्राप्त गरि विजयी भएकाे जिल्ला निर्वाचन अधिकारी सराेज चाैधरीले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए  ।

तेस्राे स्थानमा नेकपा एमालेका पुरुषाेत्तम पाैडेल १० हजार २१६ मत, चाैथाे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद खरेल २ हजार ८२९ मत र पांचाै स्थानमा रहेका आम जनता पार्टीका अरुण कुमार ज्ञवाली २ हजार ७३८ मत पाएका हुन् ।

यस क्षेत्रमा एक लाख ५ हजार २४८ जम्मा मतदाता रहेपनि त्यसकाे ६५ .५८ प्रतिशत अर्थात ६९ हजार २२ मत मात्र खसेकाे थियाे । जस मध्ये ८३० मत बदर भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

२०७९ मंसिर ४ गते भएकाे निर्वाचनमा यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जसपा कै रामसहाय यादव उपराष्ट्रपति भएपछि रिक्त रहेकाे पदकाे लागि उपनिर्वाचन भएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...