Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

बारा २ मा उपेन्द्र यादवकाे जित निश्चित

spot_img
spot_img

वीरगंज । बाराकाे क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवकाे जित निश्चित भएकाे छ । प्रतिनिधि सभा सदस्यकाे लागि बैशाख १० गते आइतबार सम्पन्न उपनिर्वाचनकाे पछिलाे मतपरिणाम अनुसार यादव जित निश्चित भएकाे हाे । 

६७ हजार ६५७ मत गणना गर्दा जसपा अध्यक्ष यादवले २७ हजार ७०५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार १६७ मत पाएका हुन् । एक हजार ४ सय ५० मत गणना गर्न वाकी रहँदा यादवले कुशवाहा भन्दा ४ हजार ५ सय ३८ मतले अगाडी रहेका कारण उनकाे जित निश्चित भएकाे हाे ।

तेस्राे स्थानमा एमालेका उम्मेदवार पुरुषाेतम पाैडेलले ९ हजार ७ सय ५६ मत, चाैथाे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८ सय २४ मत, पांचाै स्थानमा आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले २ हजार ७ सय ३३ मत पाएका हुन् ।

यस क्षेत्रमा एक लाख ५ हजार मतदाता रहेपनि ६५.६६ प्रतिशत अर्थात ६९ हजार एक सय ७ मत मात्र खसेकाे छ । तालिम केन्द्र कलैयामा मतगणना जारि रहेकाेले अबकाे केही बेरमा अन्तिम मत परिणाम पनि आउने निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...