Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

जित्ने सम्भावना बढेपछि मतगणना स्थल पुगे उपेन्द्र यादव

spot_img
spot_img

वीरगंज । जितकाे सम्भावना बढ्दै गएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मतगणना स्थल पुगेका छन् । मतगणना स्थल तालिम केन्द्र कलैया पुगेका अध्यक्ष यादवले मतगणनाको प्रारम्भिक नतिजाकै आधारमा प्रतिक्रिया दिनु उचित नहुने बताए । 

बारा-२ को उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमेत रहेका अध्यक्ष यादवले जारी मतगणनाको प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताए ।

मतगणना स्थल अगाडि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यादवले प्रारम्भिक नतिजाले आफू जित तर्फ अग्रसर भएपनि प्रतिक्रिया दिने अहिले उचित समय नभएको बताए । ‘अहिले मतगणना भइरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन’ यादवले भने ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसँग प्रतिक्रिया दिनेछु ।’

यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको दावी गरे । उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिँदैन ।’ उनले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए ।

समचार तयार पार्दासम्म मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्र स्थानमा छन् । उनले १८ हजार ९६ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १३ हजार ८३ मत पाएका छन् ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार ४५९ मत, चाैथाे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल २ हजार १६३ मत र पांचाै स्थानमा आम जनता पार्टीका उम्मेदवार अरुण कुमार ज्ञवाली एक हजार ९९० मत ल्याएका छन् ।

बैशाख १० गते आइतबार सम्पन्न उपनिर्वाचनमा खसेकाे ६३ हजार ९०८ मत मध्ये ४१ हजार ७६८ मत गणना भइसकेकाे जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकारी सराेज चाैधरीले वताए । जस मध्ये ५३४ मत बदर भएकाे छ भने अझै २२ हजार १४० मत गणना गर्न वाकी रहेकाे उनले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...