Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

भारी मतान्तरले पुन: रवि लामिक्षाने विजयी

spot_img
spot_img

वीरगंज । चितवन निर्वाचन क्षेत्र नं. २ मा पुन: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिक्षाने विजयी भएका छन् । बैशाख १० गते आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्यकाे उपनिर्वाचनकाे अन्तिम मत परिणाम अनुसार भारी मतान्तरले लामिक्षाने विजयी भएका हुन् ।

अन्तिम परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत ल्याएर विजयी भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरे । दुई जना बीचको मतान्तर ४२ हजार ९६२ रहेको छ ।

एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मत ल्याएर तेस्रो बने । मंसिर ४ को चुनावमा रविले ४९ हजार ३०० मत प्राप्त गरेका थिए । त्यस भन्दा यस पालिकाे निर्वाचनमा ४ हजार ८७६ बढी मत ल्याएर विजयी भएका हुन् ।

अनेक लाञ्छना लगाउनेलाई जनताले एकमुष्ट जवाफ दिए : रवि लामिक्षाने

भारी मतान्तरले निर्वाचित भएपति सभापति लामिछानेले आफूहरूमाथि लगाएको आरोपको जवाफ चितवनवासीले दिएको बताए । उनले निर्वाचनको क्रममा आफूहरूमाथि गरेको अपमानको जवाफ जनताले दिएको बताए ।

उनले भने, ‘निर्वाचनको क्रममा हामीमाथि विभिन्न लाञ्छना लगाएका छन् । विभिन्न आरोप प्रत्यारोप लगाएका छन् । अपमान गरेका छन् । सार्वजनिक अभिव्यक्ति नै सुन्न नसक्नेछन् । व्यक्तिगत तहमै उत्रिएर गालीगलौज गरेका छन् । कतिपयल जवाफ दिनुस् भन्नुहुन्थ्यो । तर, मैले भन्ने गर्थें- यसको जवाफ मैले राख्नु पर्दैन चितवनवासीले राखेका छन् भनेर । आज सबैको जवाफ एकमुष्टरूपमा चितवनले स्वस्तिक छाप लगाएर दिएको छ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...