Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

चन्दा संकलन गरेर ब्युटिसियन तालिम

spot_img
spot_img

वीरगंज । शान्भी फाउन्डेसन अफ नेपाल वीरगंज पर्साकाे आयाेजनामा निःशुल्क १५ दिने ब्युटिसियन तालिम सुरु भएकाे छ । फाउन्डेसनको कार्यालय माईस्थानमा सुरु भएकाे तालिमकाे साेमबार एक कार्यक्रमका बिच वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक बिदुर सिवाकोटीले उदघाटन गरेका थिए ।

तालिमकाे उदघाटन गर्दै प्रहरी निरिक्षक सिवाकाेटीले छोटो अवधिको यो तालिमले पूर्ण रुपमा क्षमतावान हुन नसके पनि आउने दिनमा तालिमलाई निरन्ता दिनु पर्ने वताए । उनले नियमित रुपमा तालिममा सहभागी भई सिक्न आग्रह गर्दै तालिम पश्चात आत्मनिर्भर बनी आय आर्जन गर्न समेत सुझाए ।

समाजमा विद्यमान महिला हिंसालाई रोक्न सबैले आ-आफ्नो स्थानबाट सहयोग गर्नु पर्नेमा जोड दिदै प्रहरी निरिक्षक सिवाकाेटीले प्रहरीको तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता जनाए ।

सो अवसरमा नेपाली काँग्रेसकी महिला नेतृ रम्भा मिश्र, वडा नं. ६ का वडाध्यक्ष जयप्रकाश साह, जनमत पार्टीका पर्सा जिल्ला सह–संयोजक मुकेश द्विवेदी, तालिमकी प्रशिक्षिका मधु सिंह, अनिल यादव, हन्ड्रेडस ग्रुप अफ पर्साका अध्यक्ष विक्की सर्राफ, श्याम गुप्ता लगायतकाले तालिमको सफलताको कामना गरेका थिए ।

आयोजक संस्थाका अध्यक्ष सानु कुमारीको अध्यक्षता भएको उदघाटन कार्यक्रमकाे सञ्चालन विवेक कुमार झाले गरेका थिए । फाउन्डेसनका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुले आफुहरुमा चन्दा संकलन गरेर तालिमको संचालन गरेको विवेक कुमार झाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...