Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

अनैतिक सम्बन्ध थाहा भएपछि युवककाे हत्या, फरार दम्पती पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले एक युवककाे हत्या आराेपित फरार दम्पतीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं. १५ भिस्वा निवासी २४ बर्षिय रामु भन्ने कैलाश महताे र उनकी श्रीमती २० बर्षिय राेशनी भन्ने हिरा देवीलाई रहेका छन् ।

बाराकाे बिश्रामपुर गाउँपालिका वडा न.५ इटयाही टोल स्थित दरवारकोलनी क्षेत्रमा भुलन चौरसियाको खेतमा रहेको परालको भुषमा २०७९ मंसिर २७ गते राती एक युवककाे शव फेला परेकाे थियाे । साे शव बाराकाे जितपुर सिमरा उपमहानगरपालिकाकाे वडा न.८ राजानगर टोलमा बस्ने गुड्डु साह कानुको छोरा वर्ष २२ को सुरज भन्ने महेश साहकाे थियाे ।

उनकाे शव कर्तव्य गरी मारी मृतककाे लाश लुकाई छिपाई राखेको अवस्थामा प्रहरी फेला परेको थियाे ।

प्रहरीका अनुसार प्रतिवादी रोशनी र मृतक सुरज लिभिङ टुगेदरमा रोशनी कै कोठामा बस्दै आएका थिए । सुरज  र रोशनी बिच बिवाह गर्ने कुरा समेत चलेकाे थियाे । तर रोशनीकाे पहिला नै बिवाह भई छोरी समेत रहेकाे हुँदा सुरजकाे घर परिवारका मानिसहरुले बिवाह गर्न मानेका थिएनन् ।

त्यसैबिच घटना भएकाे मिति २०७९ मंसिर २७ गते राती रोशनी र सुरजलाई रोशनीका श्रीमान रामु भन्ने कैलाश महतोले दुवैलाई घटनास्थल नजिकै साथमा भेटेका थिए । त्यसै क्रममा मृतक सुरज र राेशनीका श्रीमान रामु बिच विवाद भएकाे थियाे ।

बिवाद कै क्रममा निज श्रीमान श्रीमतीले सुरजलाई डिस (केवल) को तारले घाँटीमा कसी कर्तव्य गरी मारी मृतककाे लाश दबाउने छुपाउने उद्देश्यले परालको भुषमा लुकाई छिपाई राखि भागेका थिए ।

भागने क्रममा भारतको बिहार, दिल्ली हुँदै केरला मलप्पुरम जिल्ला पुगेकोमा निजहरुलाई केरला प्रहरीसँग समन्वय गरी खोज तलास गरिएकाे थियाे । खाेजतलाश कै क्रममा मिति २०८० बैशाख ०६ गते नेपाल र भारतको सिमाना नजिकबाट प्रतिवादीहरु रामु र निजको श्रीमती रोशनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक पुरुषाेत्म प्रसाद पाण्डे वताए ।

निजहरुलाई कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट मिति २०८० बैशाख ०६ गतेदेखि नै लागु हुने गरी ७ दिनको म्याद थप गरी निजहरुलाई न्यायिक हिरासतमा राखी थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...