Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

अनैतिक सम्बन्ध थाहा भएपछि युवककाे हत्या, फरार दम्पती पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले एक युवककाे हत्या आराेपित फरार दम्पतीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं. १५ भिस्वा निवासी २४ बर्षिय रामु भन्ने कैलाश महताे र उनकी श्रीमती २० बर्षिय राेशनी भन्ने हिरा देवीलाई रहेका छन् ।

बाराकाे बिश्रामपुर गाउँपालिका वडा न.५ इटयाही टोल स्थित दरवारकोलनी क्षेत्रमा भुलन चौरसियाको खेतमा रहेको परालको भुषमा २०७९ मंसिर २७ गते राती एक युवककाे शव फेला परेकाे थियाे । साे शव बाराकाे जितपुर सिमरा उपमहानगरपालिकाकाे वडा न.८ राजानगर टोलमा बस्ने गुड्डु साह कानुको छोरा वर्ष २२ को सुरज भन्ने महेश साहकाे थियाे ।

उनकाे शव कर्तव्य गरी मारी मृतककाे लाश लुकाई छिपाई राखेको अवस्थामा प्रहरी फेला परेको थियाे ।

प्रहरीका अनुसार प्रतिवादी रोशनी र मृतक सुरज लिभिङ टुगेदरमा रोशनी कै कोठामा बस्दै आएका थिए । सुरज  र रोशनी बिच बिवाह गर्ने कुरा समेत चलेकाे थियाे । तर रोशनीकाे पहिला नै बिवाह भई छोरी समेत रहेकाे हुँदा सुरजकाे घर परिवारका मानिसहरुले बिवाह गर्न मानेका थिएनन् ।

त्यसैबिच घटना भएकाे मिति २०७९ मंसिर २७ गते राती रोशनी र सुरजलाई रोशनीका श्रीमान रामु भन्ने कैलाश महतोले दुवैलाई घटनास्थल नजिकै साथमा भेटेका थिए । त्यसै क्रममा मृतक सुरज र राेशनीका श्रीमान रामु बिच विवाद भएकाे थियाे ।

बिवाद कै क्रममा निज श्रीमान श्रीमतीले सुरजलाई डिस (केवल) को तारले घाँटीमा कसी कर्तव्य गरी मारी मृतककाे लाश दबाउने छुपाउने उद्देश्यले परालको भुषमा लुकाई छिपाई राखि भागेका थिए ।

भागने क्रममा भारतको बिहार, दिल्ली हुँदै केरला मलप्पुरम जिल्ला पुगेकोमा निजहरुलाई केरला प्रहरीसँग समन्वय गरी खोज तलास गरिएकाे थियाे । खाेजतलाश कै क्रममा मिति २०८० बैशाख ०६ गते नेपाल र भारतको सिमाना नजिकबाट प्रतिवादीहरु रामु र निजको श्रीमती रोशनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक पुरुषाेत्म प्रसाद पाण्डे वताए ।

निजहरुलाई कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट मिति २०८० बैशाख ०६ गतेदेखि नै लागु हुने गरी ७ दिनको म्याद थप गरी निजहरुलाई न्यायिक हिरासतमा राखी थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...