Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

आगलागीमा १५ घर नष्ट

spot_img
spot_img

सप्तरी । सप्तरीको खडक नगरपालिकामा घुरबाट सल्केको आगोका कारण १५ घर जलेर नष्ट हुँदा रु ६५ लाख बराबरको क्षति भएको छ ।

खडक नगरपालिका–९ बज्राहीगुठी टोलमा घर पछाडि बालेको घुरबाट सल्केको आगोले १५ घर, ती घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, गरगहनार नगद गरी ६५ लाख २० हजार बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।

आगोले सुरेन्द्रप्रसाद चौधरी, धीरेन्द्रचौधरी, राजेन्द्रप्रसाद चौधरी हरिहर देवीचौधरी, भरत चौधरी, मोहनप्रसाद चौधरी, शत्रुघ्न चौधरी, रवीन चौधरी, अमिन चौधरी, सचिन चौधरी, सबुरलाल चौधरी, मिश्रिलाल चौधरी, हरि चौधरी, नेमन चौधरी र नन्दचौधरीको घर जलेर नष्ट भएको छ ।

शम्भुनाथर राजविराज नगरपालिकाको वारुणयन्त्रको सहयोगमा स्थानीयवासी र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले बताउनुभयो । रासस

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

म्याद सकिए पनि घडिअर्वा पोखरीदेखि स्विमिङ पुलसम्म ठेकेदारकै कब्जामा

वीरगंज । वीरगंज महानगरपालिकाअन्तर्गत रहेका घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार तथा पुरानो बसपार्कको ठेक्का सम्झौताको म्याद गत आर्थिक वर्षको असार मसान्तमै सकिए पनि...

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...