Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

उपेन्द्र जि जिते हरेक तप्का, समुदायको विकास हुन्छ : अध्यक्ष नेपाल

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले माधव नेपालले बाराको निजगढ विमानस्थल शिलान्यास गर्ने समय आएको बताएका छन् ।

बाराको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा बिहिबार पाँच दलीय गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले निजगढ विमानस्थल निर्माण काम चाँडै सञ्चालन गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरे ।

उनले भने, ‘म पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाजीलाई पनि पटकपटक भने की अब निजगढ विमानस्थललाई शिलान्यास गर्ने समय आएको छ । अब प्रचण्डजी हुनुहुन्छ उहाँलाई पनि म आग्रह गर्छु । सबै प्रकिया पूरा भएको छ, अब छिटोभन्दा छिटो विमानस्थल निर्माणको शिलान्यास गर्नुपर्छ भन्ने मेरो विश्वास छ ।’

भोजपुरीमा सम्बोधन गर्दै अध्यक्ष नेपालले आमसभाको उपस्थितिले उपेन्द्र यादवको जित सुनिश्चित गरेको वताए । उनले उपेन्द्र यादवको जितले नै यश क्षेत्रको विकास हुने दाबी गर्दै भारी मतले गठबन्धनका सांझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन आग्रह समेत गरे ।

उनले भने “जात पर ना पात पर, उपेन्द्र यादवको भावना र विचारको आधारमा मतदान गर्नु पर्छ । उम्मेदवारको खुबी र क्षमताको आधारमा मतदान गर्नु हाेला, जुन उपेन्द्र जिमा छ ।”

महागढीमाई धार्मिक मात्र नभएर ऐतिहासिक र पर्यटकीय क्षेत्र भएको बताउँदै यसको विकासका लागि वृहत योजना बनाएर अगाडि बढ्ने बारा-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादवले सारेका योजनाहरु सराहनीय भएको उनले बताए । 

नेपालले बारा जिल्लाका महिला, बालबालिका, युवा, कृषक, मजदुरदेखि व्यापारी र बुद्धिजीविसम्मको समस्या समाधान गर्नका लागि सबैभन्दा योग्य उम्मेदवार उपेन्द्र यादव भएको बताउँदै नेपालले भने, ‘उहाँ जिते हरेक तप्का, समुदाय र समूहको समस्या समाधान हुन्छ ।’

उपेन्द्र यादव जिते क्षेत्र मात्र नभएर सम्पूर्ण बारा जिल्ला र मधेश प्रदेशकै विकासमा ठूलो टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...