Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगंज चिनी मिल संचालनकाे लागि प्रयास गर्ने उद्याेगमन्त्रीको प्रतिवद्धता

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साकाे आयोजना मंगलबार नवनियुक्त उद्याेग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालकाे स्वागत तथा सम्मान कार्यक्रममा सम्पन्न भएकाे छ । वीरगंज नगर सभा गृहमा आयाेजित कार्यक्रममा वाेल्ने वक्ताहरुले मन्त्री रिजाललाई वीरगंज चिनी कारखाना पुन: सञ्चालन गरिदिन आग्रह गरेका हुन् । 

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पर्सा आएका उद्योगमन्त्री रिजाललाई स्वागत तथा सम्मान गर्न आयाेजित कार्यक्रममा बोल्ने वक्ताहरुले लामो समयदेखि बन्द रहेको वीरगंज चिनी कारखाना लगायत यस क्षेत्रका बन्द उद्योगहरु पुन: सञ्चालन गर्न आग्रह गरे । 

पर्सादेखि रौतहटसम्म तीन जिल्लाका किसानको समृद्धिसँग प्रत्यक्ष रुपमा जोडिएको चिनी कारखाना बन्द भएलगत्तै यहाँका कृषकहरुको दु:खका दिन सुरु भएकाले मन्त्री रिजालकै कार्यकालमा चीनी कारखाना पुन: सञ्चालन भए बेरोजगारी लगायत कयौं समयसाको समाधान हुनुका साथै जिल्लावासीको सुखका दिन पनि फिर्ता आउने उनीहरुको तर्क थियो ।

जिल्लावासीको आग्रह सुनेपछि उद्योगमन्त्री रिजालले आफनै कार्यकालमा चिनी कारखाना सञ्चालनका लागि भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । पर्सा जिल्लावासीकै आशीर्वाद र साथले आफू चारदशकको राजनीतिक यत्रामा पहिलो पटक मन्त्री बनेकाले जिल्लावासीकै आदेशमा आफू चल्ने उनले बताए ।

मन्त्री रिजालले भने, ‘चिनी मिल चलाउन म तयार छु , यसलाई चलाउनका लागि के के गर्नु पर्छ ? त्यसबारे मन्त्रालयमा विज्ञहरुलाई बोलाएर छलफल गरेर मन्त्रालयले काम अगाडि बढाउँछु ।’

कृषि औजार कारखाना सञ्चालनमा ल्याउनका लागि काम गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म सरकारबाट बजेट नपाएको गुनासो सम्बोधनका लागि आफूले पहल थालिसकेको पनि मन्त्री रिजालले जानकारी गराए । उनले भने, ‘केन्द्रका अध्यक्ष महावीर पुनजीलाई मैले मन्त्रालयमै बोलाएर उहाँको गुनासो सुने, लगत्तै आवश्यक बजेट निकासका लागि मैले प्रकृया अगाडि बढाइसकेको छु ।’

कांग्रेस पर्साका सभापति एवम् प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अजय चाैरसिया, प्रदेश सभा सदस्य श्याम पटेल, शंकर चाैधरी, जिल्ला उपसभापति रामनारायण कुर्मी,  जिल्ला सचिवद्वय दिनेश चौधरी, इम्तियाज आलम, सहसचिव नवीन सिंह, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मन्त्री रिजाललाई २ सय ५१ केजीको माला लगाएर स्वागत तथा सम्मानित गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...