Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

उद्योगमन्त्री रिजाललाई गृह गाउँमा भव्य स्वागत तथा सम्मान

spot_img
spot_img

वीरगंज । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई गृह गाउँ पर्साकाे जगरनाथपुर गाउँपालिका वडा न‌ं. ५ मसिहानी, धर्मपुरमा भव्य स्वागत तथा सम्मान गरिएकाे छ ।

मन्त्री भएपछि पहिलो पटक आफ्नो गृह गाउँ धर्मपुर पुगेका रिजाललाई एक कार्यक्रमकाे बिच भव्य स्वागत तथा सम्मान गरिएकाे हाे । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ काे क्षेत्रिय समितिले आयाेजना गरेकाे कार्यक्रममा नवनियुक्त मन्त्री रिजालाई ५१ किलाेकाे फुलकाे मालाले स्वागत तथा सम्मान गरिएकाे थियाे । 

स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री रिजालले आफु जनताको सेवक रहेको तथा हरदम जनताको सेवामा समर्पित रहने प्रतिबद्धता जनाए । मन्त्री रिजालले हरबखत आफुलाई मार्गदर्शन गर्न एव सचेत गराउन समेत जिल्लाबसीलाई आग्रह गरेकाे उनकाे स्वकिय सचिव राकेश यादवले वताए ।

क्षेत्रिय सभापति एवम् जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा भएकाे स्वागत तथा सम्मान कार्यक्रममा कांग्रेस पर्साका सभापति एवम् प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर चाैधरी, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पती श्रेष्ठ, जिल्ला उपसभापति रामनारायण कुर्मी, कांग्रेस पर्साका सचिव एवम् वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेस पर्साका सहसचिव नवीन सिंह लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन क्षेत्रिय सचिव बलिष्टर अहमदले गरेका थिए ।

यस अघि पनि मन्त्री रिजाललाई बाराको सिमरा विमान स्थलमा भव्य स्वागत गरिएको थियाे । मन्त्री भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला पर्सा आउने क्रममा आइतबार सिमरा विमानस्थलमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले मन्त्री रिजाललाई भव्य स्वागत गरेका थिए । त्यसपछि उनी पार्टी कार्यालय हुँदै गृह गाउँ पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...