Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

आफु उम्मेदवार हुँ, भन्दै सिके राउत फर्जी गर्दै छन् : उपेन्द्र यादव

spot_img
spot_img

कलैया । बारा क्षेत्र २ बाट प्रतिनिधी सभा सदस्यका पाँच दलिय गठनबन्धनका उम्मेदवार उपेन्द्र यादवले विकास र समृद्धीका लागि आफूलाई साथ दिन आग्रह गरेका छन् । चुनावी प्रचारका क्रममा उनले यहाँका आधारभूत समस्याहरु बारे आफू जानकार भइसकेको बताउँदै जीते लगत्तै समाधानका लागि पहल गर्ने बताए ।

आईतबार महागढीमाई नगरपालिकाको मलहनी, दहियार, बगडमपुर लगायतका क्षेत्रमा चुनावी प्रचार तथा जनता दर्शनका क्रममा स‌चारकर्मीसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षा, स्वास्थ्य, आवास, सडक, यातायात, कृषि लगायतका आधारभूत विषयहरुमा योजना निर्माण गरि कार्यान्वयन गर्नु आफ्नो प्राथमिकतामा रहने स्पष्ट पारेका छन् ।

यहाँका स्थानियहरु, राष्ट्रियभन्दा पनि स्थानिय मुद्दाको सम्बोधन चाहन्छन् । गठबन्धनले ती मुद्दाहरुको सम्बोधन गर्छ भन्ने विषयको आधार के ? भन्ने संचारकर्मीहरुकाे प्रश्नमा यादवले संघ र प्रदेश सरकारमा जसपा सामेल रहेको बताउँदै जीते लगत्तै दुवै तहको सरकारसँगको समन्वयमा यहाँका समस्याहरुको समाधानका लागि लागि पर्ने जिकिर गरे । “यहाँको विकास गठबन्धनबाट मात्र सम्भव छ, अरुले गर्ने भए गरिसक्थे” उनले भने ।

उनले यस क्षेत्रमा आफ्नो विकल्प नभएको बताए । चुनावी अभियानमा आफूभन्दा पनि बढी उत्साहित यहाँका जनताकाे रहेको यादवले बताए । चुनावी प्रचारका क्रममा गाउँ–गाउँ पुग्दा त्यहाँका जनताबाट प्राप्त साथ र समर्थनले आफू भित्र झनै उर्जा थपिदिएको उनको प्रतिक्रिया छ । “यहाँका स्थानियहरु म भन्दा बढी उत्साहित हुनुहुन्छ, उहाँहरु स्वयम् मेरो लागि आफ्नो टोल छिमेकमा मत माग्दै हुनुहुन्छ, म असाध्यै हर्षित छु” उनले भने ।

स्थानियहरुबाट प्राप्त सदासयताले आफूलाई झनै बढी जिम्मेवार बनाएको उनको तर्क छ ।

यता, यादवले सिके राउतलाई फर्जी नेताको संज्ञा दिएका छन् । आफ्नो उम्मेदवारलाई जिताउन गाउँ–गाउँमा राउतले आफू नै उम्मेदवार भएको भन्दै यस्तो अनैतिक क्रियाकलाप गर्ने नेता फर्जी बाहेक अरु हुनै नसक्ने बताए । यस्ता फर्जी नेताहरुबाट सचेत रहनका लागि यादवले आग्रह समेत गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...