Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

आफु उम्मेदवार हुँ, भन्दै सिके राउत फर्जी गर्दै छन् : उपेन्द्र यादव

spot_img
spot_img

कलैया । बारा क्षेत्र २ बाट प्रतिनिधी सभा सदस्यका पाँच दलिय गठनबन्धनका उम्मेदवार उपेन्द्र यादवले विकास र समृद्धीका लागि आफूलाई साथ दिन आग्रह गरेका छन् । चुनावी प्रचारका क्रममा उनले यहाँका आधारभूत समस्याहरु बारे आफू जानकार भइसकेको बताउँदै जीते लगत्तै समाधानका लागि पहल गर्ने बताए ।

आईतबार महागढीमाई नगरपालिकाको मलहनी, दहियार, बगडमपुर लगायतका क्षेत्रमा चुनावी प्रचार तथा जनता दर्शनका क्रममा स‌चारकर्मीसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षा, स्वास्थ्य, आवास, सडक, यातायात, कृषि लगायतका आधारभूत विषयहरुमा योजना निर्माण गरि कार्यान्वयन गर्नु आफ्नो प्राथमिकतामा रहने स्पष्ट पारेका छन् ।

यहाँका स्थानियहरु, राष्ट्रियभन्दा पनि स्थानिय मुद्दाको सम्बोधन चाहन्छन् । गठबन्धनले ती मुद्दाहरुको सम्बोधन गर्छ भन्ने विषयको आधार के ? भन्ने संचारकर्मीहरुकाे प्रश्नमा यादवले संघ र प्रदेश सरकारमा जसपा सामेल रहेको बताउँदै जीते लगत्तै दुवै तहको सरकारसँगको समन्वयमा यहाँका समस्याहरुको समाधानका लागि लागि पर्ने जिकिर गरे । “यहाँको विकास गठबन्धनबाट मात्र सम्भव छ, अरुले गर्ने भए गरिसक्थे” उनले भने ।

उनले यस क्षेत्रमा आफ्नो विकल्प नभएको बताए । चुनावी अभियानमा आफूभन्दा पनि बढी उत्साहित यहाँका जनताकाे रहेको यादवले बताए । चुनावी प्रचारका क्रममा गाउँ–गाउँ पुग्दा त्यहाँका जनताबाट प्राप्त साथ र समर्थनले आफू भित्र झनै उर्जा थपिदिएको उनको प्रतिक्रिया छ । “यहाँका स्थानियहरु म भन्दा बढी उत्साहित हुनुहुन्छ, उहाँहरु स्वयम् मेरो लागि आफ्नो टोल छिमेकमा मत माग्दै हुनुहुन्छ, म असाध्यै हर्षित छु” उनले भने ।

स्थानियहरुबाट प्राप्त सदासयताले आफूलाई झनै बढी जिम्मेवार बनाएको उनको तर्क छ ।

यता, यादवले सिके राउतलाई फर्जी नेताको संज्ञा दिएका छन् । आफ्नो उम्मेदवारलाई जिताउन गाउँ–गाउँमा राउतले आफू नै उम्मेदवार भएको भन्दै यस्तो अनैतिक क्रियाकलाप गर्ने नेता फर्जी बाहेक अरु हुनै नसक्ने बताए । यस्ता फर्जी नेताहरुबाट सचेत रहनका लागि यादवले आग्रह समेत गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...