Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

विकास र समृद्धिको पाइला अगाडि बढाउन केन्द्रित रहन्छु : मन्त्री रिजाल

spot_img
spot_img

वीरगंज । उधोग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालले सम्वत २०८० को आगमनसँगै विकास र समृद्धिको पाइला अगाडि बढाउन केन्द्रित रहने प्रतिबद्धता जनाउँदै नव वर्षको शुभकामना व्यक्त गर्नु भएको छ।

मन्त्री रिजालले सम्वत २०७९ मा संविधान र लोकतन्त्रको रक्षाका लागि जनताले दिएको अभिभारा र मतले लोकतान्त्रिक-वाम गठबन्धनको काँधमा मुलुकको जिम्मेवारी रहेको बताउनु भयो । जनमतकै आधारमा बनेको लोकतान्त्रिक-वाम गठबन्धनले मुलुकको बृहत्तर विकास र जनजीबिकामा सफलता पाउनु पर्ने रहेको बताउदै जनताले दिएको जिम्मेवारी पूरा गर्ने दायित्व आफुहरुमा रहेको स्पष्ट पार्नु भएको छ ।

मन्त्री रिजालले शुभकामना सन्देशमा नयाँ वर्षको आगमनसँगै रोजगारीको अवसर श्रृजना गर्न र उद्योग विकासमा ध्यान दिनु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । नेपालमा समेत विश्वव्यापीरुपमा देखिएको आर्थिक संकटको असर परेको उल्लेख गर्दै यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै जनताको जीवन उकास्नका निमित्त आफु क्रियाशील रहेको स्पस्ट पार्नुभएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...