Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

बारा २ मा गठबन्धनको कार्यालय स्थापना, उपेन्द्र यादव जिताउ अभियान तिब्रता

spot_img
spot_img

कलैया । बारा निर्वाचन क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनले सम्पर्क कार्यालय स्थापना गरेको छ ।

उपनिर्वाचन नजिकिँदै गर्दा प्रचार प्रसारलाई तिब्रता दिन महागढीमाई नगरपालिका-२ बरियारपुरमा स्थापना गरिएको कार्यालयको आज जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का मधेश प्रदेश प्रमुख, प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा उदघाटन गरेका छन् ।

उदघाटन कार्यक्रमलाई कांग्रेसका केन्द्रिय सदस्य खाँणले बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनको प्रतिनिधत्व गरिरहेको कारण उनि नेपाली कांग्रेससमेतको उम्मेदवार भएको बताए । उनले कांग्रेस बाराका नेता र कार्यकर्ताहरुलाई खुलेर यादवलाई जिताउन चुनावी अभियानलाई तिब्र बनाउन आग्रह गरे ।

खाँणले भने, ‘उपेन्द्रजी जसपा पार्टीको मात्र उम्मेदवार हुनुहुन्न् । उहाँलाई पाँच दलीय गठबन्धनले उठाएको छ, उहाँ जति जसपाको उम्मेदवार हुनुहुन्छ उतिकै कांग्रेसको पनि हुनहुन्छ । उहाँलाई जिताउने सम्पूर्ण कांग्रेसी नेता कार्यकर्ताहरुको कर्तव्य हो । कांग्रेसका सम्पूर्ण साथीहरुसँग म उपेन्द्रजीलाई जिताउन खुलेर लाग्न आग्रह गर्न चाहन्छु ।’

त्यस्तै जसपा अध्यक्ष यादवले बारा जील्ला र समग्रमा मधेशको विकास र समृद्धि आफ्नो मूल चुनावी अजेण्डा भएको बताए । उनले निर्वाचनमा उम्मेदवारको पृष्ठभूमि र उसले गरेको कामको मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे । भ्रम फिजाएर मधेशीहरुका बीच द्वन्द्वको सृजना गर्नेबाट सावधान रहन आग्रह गर्दै उनले भने, ‘जातीयता, बाहिरिया, भित्रिया जस्तो द्वन्द्व सृजना गर्ने विषयको उठान गर्नेहरुसँग सावाधान रहन आवश्य छ ।

बाहिरी शक्तिबाट परिचालितहरुले मधेशी जनताको भलोको बारेमा सोच्न सक्दैनन् । मधेशको लागि हालसम्म कसले के गरेको छ, मधेशी जनताले पाएको अधिकारको लागि कसले कति योगदान पुर्याएको छ । यसको मूल्यांकन गरेर मात्र मतदान गर्नुहोला ।’

लोसपा मधेश प्रदेशका प्रमुख जितेन्द्र सोनलले पनि उपेन्द्र यादव जस्तो नेता संसद् बाहिर रहनु संघीयताको लागि घातक भएको बताए । पछिल्लो समय संघीयतालाई कमजोर पार्ने शक्तिहरु सक्रिय भइरहँदा यसको संरक्षणका लागि आवाज उठाउन उपेन्द्र यादव जस्तो नेताको संसद्मा उपस्थिति अपरिहार्य रहेको उनले बताए ।

कार्यक्रममा जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु प्रसाद यादव, नेपाली कांग्रेस बाराका अध्यक्ष राजेशराय यादव, जसपा बाराका अध्यक्ष रामबाबु यादव, रामकिशोर यादव प्रमोद गुप्ता, युवा नेता मुकेश कुशवाहा, नेपाली काग्रेसका नेता उपेन्द्र यादव एवम् पाँच दलिय गठबन्धन दलका स्थानिय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...