Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

बारा २ मा कांग्रेसको एउटापनि भोट दायाँबायाँ हुँदैन : सभापति यादव

spot_img
spot_img

वीरगंज । नेपाली काँग्रेस बाराका सभापति राजेशराय यादवले बारा निर्वाचन क्षेत्र नम्बर २ मा पाँच गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

राजेशरायले जनता समाजवादी पार्टी नेपाल (जसपा) का राष्ट्रिय अध्यक्षसमेत रहेका उपेन्द्र गठबनधनका साझा उम्मेदवार भएकाले उनलाई जिताउने विषय कांग्रेसको प्रतिष्ठासँग जोडिएको बताए ।

बारा-२ मा चुनावी प्रचार प्रसारमा व्यस्त रहेका कांग्रेस जिल्ला सभापति यादवले सञ्चारकर्मीसँग कुरा गर्दै उपेन्द्रलाई जिताउन जिल्लाकै सम्पूर्ण कांग्रेसी नेता कार्यकर्ताहरु अहोरात्र खटिइरहेको बताए । उनले भने, ‘कांग्रेसको एक भोट पनि दायाँबायाँ हुँदैन, बारा-२ मा पहिले जति भोट कांग्रेसलाई पथ्र्यो, त्यो भन्दा बढि नै भोट उपेन्द्र जीलाई कांग्रेसले यसपालि दिलाएर जिताउँछ, यो मेरो ठोकुवा हो ।’

मधेशको हक अधिकार र पहिचान दिलाउन सफल राष्ट्रिय नेता उपेन्द्र स्वंय अहिले बारा-२ मा चुनाव लडिरहेकाले यो बाराका समग्र कांग्रेसीका लागि पनि गौरव र शानको विषय भएको राजेशरायले बताए ।

उनले अहिले बारा कांग्रेसमा कुनैपनि मतभेद र विवाद पनि नभएकाले जिल्लाको पुरै पार्टीपंत्ती एकढिक्का भएर उपेन्द्रलाई जिताउन लागि परेको पनि बताए । उनले भने, ‘कांग्रेसका एक एक कार्यकर्ता उपेन्द्र जीलाई जिताउने महाअभियानमा दिनरात नभनी खटेका छन्, त्यसका कारण बारा-२ मा यसपालि उपेन्द्र यादवजीको ऐतिहासिक जित हुने निश्चित छ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...