Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

जिल्ला मै पहिलो सखुवा प्रसाैनी ईन्धनकाे अनलाइन लगबुक राख्दै

spot_img
spot_img

वीरग‌ंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे कर्मचारी व्यवस्थापन र ईन्धन व्यवस्थापन बारे विभिन्न गुनासाेलाई सम्बाेधन गर्न बिहिबार बसेकाे गाउँ कार्यपालिका बैठक विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेकाे छ ।

गाउँपालिका अध्यक्ष यसवन्त यादवकाे अध्यक्षतामा बसेकाे कार्यपालिकाकाे बैठकले गाउँपालिकाकाे ईन्धन खर्च व्यवस्थापन गर्नकाे लागि ईन्धनकाे अनलाइन लगबुक राख्न PAMS काे प्रयाेग गर्ने निर्णय गरेकाे छ । याे विधि प्रयाेग गर्नेमा पर्सा जिल्लामै पहिलाे पालिका सखुवा प्रसाैनी भएकाे छ ।

यस्तै बैठकले गाउँपालिकाकाे संगठन तथा व्यवस्थापन सर्वेक्षण ( O&M survey ) गरी दरबन्दि संरचना एकिन गर्ने र दरबन्दी अनुसारकाे कर्मचारि व्यवस्थापन गर्ने निर्णय गरेकाे प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले वताए । 

केही दिन पहिला मात्र गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्टले आयाेजना गरेकी पत्रकार सम्मेलन मै गाउँपालिकामा बढी इन्धन खर्च भएकाे र कर्मचारी भर्नामा अनियमितता भएकाे वताएपछि त्यसलाई सम्बाेधन गर्न बसेकाे बैठकले यस्ताे निर्णयहरु गरेकाे हाे । उपाध्यक्ष बिष्टले आफुले नभएको कुरा पनि केही मिडियाले लेखेको भन्दै आपती जनाईन ।

गाउँपालिकामा जेनेरेटर- १ वटा, माेटरसाईल – २५ वटा, गाउँपालिकाकाे स्काेर्पियाे – १ वटा, भाडाकाे स्काेर्पियाे – १ वटा, ट्रेक्टर – १ वटा, सक्सन मेशिन – १ वटा, टिप्पर – १ वटा, जेसिबि – १ वटा, बरूण यन्त्र – १ वटा, एम्बुलेन्स -२ वटा रहेका कारण अलि इन्धनकाे खर्च बढेकाे भएकाे हुन सक्ने गाउँपालिकाले जनाएकाे छ ।

वीरगंज महानगरपालिका पछि जिल्ला मै सबै भन्दा बढी सवारी साधन सखुवा प्रसाैनीमा रहेकाे र गाउँपालिकाे दुइटै एम्बुलेन्स निशुल्क रुपमा संचालन हुँदै आएकाेमा अलि बढी इन्धनकाे खर्च हुने स्वाभाविक रहेकाे गाउँपालिका अध्यक्ष यसवन्त यादवकाे भनाई छ । उनले कर्मचारी भर्ना पनि नियम सम्बत भएकाे दाबी गरे ।

सवारी साधन कै हिसाबले ईन्धन खर्च भएकाे र ईन्धनकाे मुल्य गत वर्षकाे तुलनामा याे वर्ष धेरै महंगाे भएकाेले खर्च धेरै देखिएकाे प्रमुख प्रशासकिय अधिकृत साहकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाढीमा हराएको आशा फेरि फर्कियो, सञ्जयले पाए नयाँ जीवन

सप्तरी । तिलाठी कोइलाडी गाउँपालिका–४ का ३२ वर्षीय सञ्जय साह अहिले घरमै आराम गरिरहेका छन्। परिवारका लागि भने उनको घर फर्किनु केवल उद्धारको घटना...

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...