Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

जिल्ला न्यायाधीशसहितको टोलीद्वारा बिन्दबासिनी गाउँपालिकाकाे अनुगमन

spot_img
spot_img

वीरगंज । पर्सा जिल्ला अदालतको न्यायाधीशसहितको एक टोलीले बिन्दबासिनी गाउँपालिकाको न्यायिक समितिले गरेका काम कारबाहीको अनुगमन गरेको छ । जिल्ला न्यायाधीश कृष्णा प्रसाद पौडेल, रजिष्टार अरुण कुमार कोइराला, शाखा अधिकृत जमुना धितालसहितको टोलीले शनिबार गाउँपालिकामा पुगेर न्यायिक समितिको काम कारबाहीको अनुगमन गरेको हो ।

टाेलीले गाउँपालिका उपाध्यक्ष ज्योती चौरसियाको संयोजकत्वमा रहेको न्यायिक समितिले गरेका प्रक्रियागत कुराको अनुगमन गरेकाे जनाइएकाे छ । न्यायिक समितिले सम्पादन गर्ने मुद्दाहरु शुरुदेखि फैसलासम्मका प्रक्रिया मिले नमिलेकोबारे आर्थिक वर्षको अन्त्यमा अनुगमन गर्ने गरिएको बिन्दबासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिए ।

अनुगमन कै क्रममा गाउँपालिका अध्यक्ष तिवारीले न्यायाधीशसहितको टोलीलाई गाउँपालिका अन्तर्गत पर्ने ढंगहि नदीको भु- माफियाले कब्जा गरी बल नदीको मुहान परिवर्तन गरेको दृश्य परिवर्तन गरेको स्थल मै लगी अनुगमन गराएका थिए । अनुगमनपछि टोलीले बिन्दबासिनी गाउँपालिकाका न्याय सम्पादन प्रक्रिया सन्तोषजनक रहेको प्रतिक्रिया दिएको थियो ।

बिन्दबासिनी गाउँपालिकाको वडा वडामा रहेको मेलमिलाप केन्द्र र पालिकामा रहेको न्यायिक समितिले आफ्नो कार्यसम्पादन गर्दै आएको छ ।

बिन्दबासिनीमा चालू आर्थिक वर्षमा न्यायिक समिति र मेलमिलाप केन्द्रमा आएका मुद्दाको ८० प्रतिशत बढी फैसला भइसकेको गाउँपालिका जनाएको छ । साथै पालिकाले पनि आफ्नो सम्पूर्ण कामकाज समय समयमा गर्दै आएको हुनाले पालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहलाई धन्यवाद समेत दिएको गाउँपालिकाका प्रेस सल्लाहकार संजिव मिश्रले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...