Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

उद्योग मन्त्री रिजालको स्वकीय सचिवमा श्रेष्ठ र यादव नियुक्त

spot_img
spot_img

वीरगंज । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको स्वकिय सचिवमा नेपाली कांग्रेसका नेता बृहस्पती कृष्ण श्रेष्ठ र युवा नेता राकेश यादव नियुक्त भएका छन् ।

पर्साकाे ठाेरी नगरपालिका निवासी श्रेष्ठ र बहुदरमाई नगरपालिकाका निवासी यादवलाई मन्त्री रिजालले स्वकीय सचिवमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री समेत श्रेष्ठ मन्त्री रिजालकाे प्रथम स्वकिय सचिवमा र नेवि संघका पूर्व जिल्ला सभापति समेत रहेका यादव स्वकिय सचिवमा नियुक्त भएका हुन् ।

श्रेष्ठ गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट गाँउपालिका अध्यक्षको प्रत्याशी थिए भने यादव ठाकुर राम बहुमुखी क्याम्पसका पूर्व स्ववियू सचिव हुन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...