Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

उद्योग मन्त्री रिजालको स्वकीय सचिवमा श्रेष्ठ र यादव नियुक्त

spot_img
spot_img

वीरगंज । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको स्वकिय सचिवमा नेपाली कांग्रेसका नेता बृहस्पती कृष्ण श्रेष्ठ र युवा नेता राकेश यादव नियुक्त भएका छन् ।

पर्साकाे ठाेरी नगरपालिका निवासी श्रेष्ठ र बहुदरमाई नगरपालिकाका निवासी यादवलाई मन्त्री रिजालले स्वकीय सचिवमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री समेत श्रेष्ठ मन्त्री रिजालकाे प्रथम स्वकिय सचिवमा र नेवि संघका पूर्व जिल्ला सभापति समेत रहेका यादव स्वकिय सचिवमा नियुक्त भएका हुन् ।

श्रेष्ठ गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट गाँउपालिका अध्यक्षको प्रत्याशी थिए भने यादव ठाकुर राम बहुमुखी क्याम्पसका पूर्व स्ववियू सचिव हुन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...