Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

बारा २ मा आम जनता पार्टी जित्छ : अध्यक्ष साह

spot_img
spot_img

वीरगंज । आम आदमी पार्टीका केन्द्रिय अध्यक्ष प्रभु साहले भ्रष्ट अर्थ नीतिले मुलुक अफ्ठेरोमा पर्दै गएको बताएका छन ।

आम आदमी पार्टीद्वारा शुक्रबार जनकपुरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका साहले लाचार र शोषित जनतालाई शासित होइन शासक बनाउनका लागि आम आदमी पार्टी गठन गरिएको बताए । 

वैशाख १० गते हुनलागेको उपनिर्वाचनमा बारा-२ मा आफ्नो पार्टीको उम्मेदवार विजयी हुने उनले दावी पनि गरे । उनले भने, “बारा जिल्ला एउटा ऐतिहासिक जिल्ला हो । यहाँका जनताले आम नागरिक, कृषक, मजदुर र गरिबको आवाज उठाउने आम जनता पार्टीका उम्मेदवारलाई जिताउँछन् ।”

कार्यक्रमलाई आम आदमी पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री बद्रि न्यौपाने,  उपमहासचिव एवम् पूर्व प्रदेश सभा सदस्य कुन्दन कुशवाह लगायतले सम्बोधन गरेका थिए । भेला पछि पार्टीले जनकपुरमा ७५ सदस्यीय कमिटी पनि गठन गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...