Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

प्रिस्कुलमा निःशुल्क दन्त शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंजकाे पानीटंकीस्थित रहेकाे लिटल बड्डी इन्टरनेशनल प्रिस्कुलमा शुक्रबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा ६० जनाको निःशुल्क दन्त परिक्षण गरिएको प्रिस्कुलका प्रमुख बिजय कुमार बलले बताए । स्माइल डेण्टल केअर एण्ड पॉलिक्लिनिकको सहकार्यमा लिटल बड्डी इन्टरनेशनल प्रिस्कुलद्वारा आयोजित शिविरमा विद्यार्थीहरुको दाँत जेकजाँच गरिएको उनले जानकारी दिए ।

शिविरमा डा. आमिर आलम, डा. किरण यादवले विद्यार्थीहरुको दाँत परीक्षण गरेका थिए । शिविरमा कमल चौलागाई, राहुल श्रीवास्तव, एंजिला क्षेत्री, प्रकाश कर्ण लगायतकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...