Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

सिर्सिया नदि प्रदूषित बनाउने उद्योगलाई कारवाही गर्न सांसद यादवको माग

spot_img
spot_img

वीरगंज । सिर्सिया नदिलाई प्रदूषित बनाउने उद्योगहरुलाई कारवाही गर्न सांसद प्रदीप यादवले सरकारलाई ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहिवार बसेको बैठकमा सहभागी हुँदै पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य यादवले दर्जनौ गाउँका लाखौँ जनताको स्वास्थ्यमा खेलवाँड गर्ने उद्योगहरुलाई कारवाही गर्न उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाललाई ध्यानाकर्षण गराएका हुन् ।

नेपाल सरकारका पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले भने, ‘उद्योग मन्त्री पनि मेरै जिल्लाका हुनुहुन्छ, उहाँ पनि यो समस्याका बारेमा राम्रोसँग अवगत हुनुहुन्छ, त्यसैले उहाँकै कार्यकालमा उद्योगीहरुलाई कारवाही हुन्छ र सिर्सिया नदि प्रदूषण मुक्त हुन्छ भन्नेमा म विश्वस्त छु ।’

उद्योगको लापरवाहीले विषालु बनेको सिर्सिया नदिका कारण आसपासका लाखौँ जनता प्रत्यक्ष रुपमा प्रभावित हुँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए । यादवले भने, ‘नदि छेउछाउको बाटो भएर हिँड्दा पनि नाकमुख थुन्नुपर्ने अवस्था छ, नदिको पानी खाने चौपाय बिरामी पर्नुका साथै मृत्युसमेत हुने गरेका छन् । तर पनि सरकार आँखामा पट्टी बाँधेर बसेको छ ।’

नदिका छेउछाउमा बसोबास गर्ने मानिसहरुमा छाला सम्बन्धी रोगहरु देखिने गरेकोमा उनले चिन्ता व्यक्त गरे । विभिन्न उद्योगहरुले प्रशोधन बिनाको रसायनयुक्त पानी, छाला, रौँ लगायतका प्रदूषित पानी नदिमा मिसाउँदा सिर्सिया नदि विषालु बनेको यादवको भनाई छ ।

त्यही प्रदूषित पानीमा खुट्टा डुबाएर छठ पूजा मनाउनुपर्ने बाध्यता रहेको बताउँदै उनले नदि प्रदूषित बनाउने उद्योगलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...