Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

अधिकार यात्रा सफल बनाउन अभिमुखिकरण

spot_img
spot_img

वीरगंज । मुक्त हरवा चरवाहरुको पुनरस्थापनाको लागि दबाव स्वरुप चैत २५ गते देखि वीरगंज र राजबिराजबाट शुरु हुने अधिकार यात्रालाई सफल बनाउन हरवा चरवा अधिकार मंचले आफ्नो गतिविधि तिब्र बनाएको छ ।

जनसहभागिता जुटाई यात्रालाई प्रभावकारी बनाउने उदेश्यले हरवा चरवा युवा एकटिभिसटहरुलाइ परामर्श एवं अभिमुखिकरण कार्यक्रम महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ । रास्ट्रिय दलित नेटवोर्कको आयोजना, हारवा चरवा अधिकार मंचको संयोजन र फ्रिडम फन्डको सहयोगमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

मंचका महासचीव लागेन्द्र सदाको अध्यक्षतामा आयोजित परामर्श एवं अभिमुखिकरण कार्यकमा अगामी हुने अधिकार यात्राको बिस्तृत कार्ययोजनाको बारेमा छ्लफल भएको जन वकालत अधिकृत रुपनरायन पासवानले जानकारी दिए ।

कार्यक्रममा रास्ट्रिय दलित नेटवोर्कका कोषाध्यक्ष जंगबहादुर सुनारले यात्रा अवधीमा हुने शुभारम्भ र कोणसभाहरुमा स्थानिय तहका जनप्रतिनिधिहरुसंग अत्याधिक समन्वय र सहकार्य गर्न निर्देश दिए ।

अभिमुखिकरणमा राष्ट्रिय दलित नेटवोर्कका कार्यकारी निर्देशक हुकुम सार्क, फाइनास अफिसर भरत आग्रि, राष्ट्रिय हरवा चरवा अधिकार मंचका सह सचीव रामदयाल सदा लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...