Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

जनकपुरधाममा हिन्दू मुस्लिम धर्मावलम्बीको संयुक्त सद्भाव ¥याली

spot_img
spot_img

जनकपुरधाम । यही चैत १६ गते रामनवमीका दिन हिन्दू युवाहरूले निकालेको शोभा यात्रा मुस्लिम धर्मावलम्बीको मस्जिद नजिक पुग्दा भएको विवादपछि बढेको अविश्वास र नागरिकमा देखिएको सद्भाव भड्किने त्रासलाई सामान्यीकरण गर्न हिन्दू मुस्लिम धर्मावलम्बीले आज जनकपुरधाममा संयुक्त सद्भाव ¥याली निकालेका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिकाको अगुवाइमा दुवै धर्मका अगुवा तथा सरोकारवालाको सहभागितामा सद्भाव ¥याली निकालिएको हो । ¥याली जानकी मन्दिर प्राङ्गणबाट सुरु भई राम मन्दिर, महावीर चोक, पेठिया बजार, जनकपुरधाम–५ स्थित मस्जिद हुँदै पुनः जानकी मन्दिरको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो । सो सभामा दुवै पक्षले सामाजिक सद्भाव कायम गर्न आफूहरू प्रतिबद्ध रहेको भन्दै नागरिकलाई आश्वस्त पारेको थियो ।

हिन्दू धर्मावलम्बीका तर्फबाट सम्बोधन गर्नुभएका जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले सद्भाव ¥यालीले दुवै धर्ममा आस्था राख्ने नागरिक तहमा बढेको अविश्वासलाई मत्थर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्व प्रसिद्ध जानकी माताको जन्मस्थल जनकपुरधाममा सामान्य विवाद भए पनि दुवै धर्मावलम्बी आपसी मेलमिलाप र छलफलको माध्यमबाट सद्भाव कायम गर्न प्रतिबद्ध रहेको सन्देश देश विदेशमा प्रवाहित गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

“एक ठाउँमा बस्दा सामान्य विवाद हुनसक्छ, त्यसको समाधान पनि मिलेरै गर्ने हो । हामी दुवै पक्षले युगौँदेखि कायम रहेको भाइचारा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई बल पुग्ने गरी प्रतिबद्ध हुन जरुरी छ । म ईश्वर, अल्लाह वा भगवान्समक्ष दुवै धर्मका अनुयायीहरूलाई त्यही सद्बुद्धि दिनका लागि प्रार्थना गर्दछु”, महन्थ दासले भन्नुभयो । मुस्लिम धर्मावलम्बीका तर्फबाट सम्बोधन गर्नुभएका अगुवा मोहम्मद अस्गर अलीले दुवै पक्षले कुनै पनि बहानामा वर्षौंदेखि कायम सद्भावलाई खल्बल्याउने गरी गतिविधि गर्न नहुने धारणा राख्नुभयो । उहाँले आफूह सामाजिक सद्भाव कायम गर्न सधैँ तयार रहेको भन्दै धर्मको अनुशासनमा रहेर आफ्ना धार्मिक कर्म गर्न सबैलाई आग्रह गर्नुभयो ।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले राम नवमीका दिन भएको विवाद र पछि त्यसलाई मलजल गर्ने पक्षले सामाजिक सञ्जालबाटै आम माफी मागिसकेकाले आगामी दिनमा कुनै असामाजिक काम नहुनेमा आफू आशावादी रहेको बताउनुभयो । आपसी विवाद र असमझदारीले दुवै धर्म तथा जनकपुरधाम क्षेत्रको परम्परा, मूल्य मान्यता र प्रतिष्ठामा गम्भीर असर पु¥याउने भन्दै नगरप्रमुख साहले सामाजिक सद्भाव कायम गर्न दुवै पक्ष इमान्दारीपूर्वक प्रस्तुत हुनुपर्ने धारणा राख्नुभयो ।

“आजको सद्भाव ¥यालीले जनकपुरका नागरिकमा मात्रै होइन, यो सन्देश पुग्ने सबै ठाउँमा सामाजिक सद्भावका लागि प्रेरणा मिल्नेछ । यसलाई जोगाइराख्न दुवै पक्षलाई म विशेष अनुरोध गर्न चाहन्छ”, नगरप्रमुख साहको भनाइ छ । त्यसैगरी धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले ऐतिहासिक जनकपुर क्षेत्रमा हुने राम्रा र नराम्रा दुवै क्रियाकलापले क्षणभरमै नेपालका अरु भूभाग तथा विश्वमा प्रभाव पार्ने भएकाले नराम्रा क्रियाकलाप नगर्न दुवै पक्षलाई सचेत गराउनुभयो । उहाँले सानो गल्तीले ठूलो क्षति र अविश्वास उत्पन्न हुनेतर्फ सचेत रहँदै आगामी दिनमा धर्मको अनुशासन र कानूनको अधीनमा रही आफ्ना सार्वजनिक क्रियाकलाप गर्न दुवै पक्षलाई आग्रह गर्नुभयो । “जनकपुर विश्व प्रसिद्ध एक ऐतिहासिक ठाउँ हो । यसले विश्वलाई नै सामाजिक सद्भाव र सहिष्णुताका लागि सन्देश प्रवाह गर्न सक्छ तर हाम्रो सामान्य त्रुटिबाट हुने गलत कार्यले एकै पटक ठूलो सङ्ख्यामा नराम्रो सन्देश पनि प्रवाह हुन्छ भन्ने विषयमा ध्यान दिनुपर्दछ”, उहाँले भन्नुभयो, “अब यहाँहरूले प्रहरी प्रशासनलाई जानकारी गराएर ठूला ¥याली तथा अन्य गतिविधि गरेमा गलत पक्षले खेल्ने मौका पाउँदैन । म त्यसका लागि यही सभामार्फत आग्रह गर्न चाहन्छु ।”

सद्भाव ¥यालीमा हिन्दू मुस्लिम समुदायका अगुवा र युवा तथा चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । रासस

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...