Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक : मन्त्री रिजाल

spot_img
spot_img

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घका पदाधिकारीहरूसँग आज भएको भेटमा उहाँले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक रहेको बताउनुभएको हो । “म निजी क्षेत्रको साथमा छु, निजी क्षेत्रको समस्या समाधान गर्न पूर्णरूपमा लाग्नेछु”, मन्त्री रिजालले भन्नुभयो । मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रलाई प्रोत्साहन नगरी नहुने भन्दै उहाँले निजी क्षेत्रको समस्या समाधान गर्न प्रभावकारी रूपमा लाग्ने बताउनुभयो ।

भेटमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले मन्त्री रिजाललाई उद्योगी व्यवसायीको मनोबल उकास्ने काम गर्न आग्रह गर्नुभयो । अध्यक्ष अग्रवालले मागमा आएको उच्च सङ्कुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीको मनोबल बढाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उत्पादनमूलक उद्योगको योगदान निरन्तर घट्दो रहेको बताउँदै अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान बढाउन वातावरण बनाउनुपर्ने उल्लेख गर्नुभयो । परिसङ्घले औद्योगीकरणले मात्रै दीगो विकास प्राप्त गर्न सक्ने र यसले पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथअघि बढाउन अनुरोध गरेको छ । परिसङ्घले आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्रोत्साहन गर्न, चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउनुपर्ने बताएको छ । रासस

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...