Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक : मन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक रहेको बताउनुभएको छ ।

- Advertisement -

नेपाल उद्योग परिसङ्घका पदाधिकारीहरूसँग आज भएको भेटमा उहाँले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक रहेको बताउनुभएको हो । “म निजी क्षेत्रको साथमा छु, निजी क्षेत्रको समस्या समाधान गर्न पूर्णरूपमा लाग्नेछु”, मन्त्री रिजालले भन्नुभयो । मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रलाई प्रोत्साहन नगरी नहुने भन्दै उहाँले निजी क्षेत्रको समस्या समाधान गर्न प्रभावकारी रूपमा लाग्ने बताउनुभयो ।

भेटमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले मन्त्री रिजाललाई उद्योगी व्यवसायीको मनोबल उकास्ने काम गर्न आग्रह गर्नुभयो । अध्यक्ष अग्रवालले मागमा आएको उच्च सङ्कुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीको मनोबल बढाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उत्पादनमूलक उद्योगको योगदान निरन्तर घट्दो रहेको बताउँदै अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान बढाउन वातावरण बनाउनुपर्ने उल्लेख गर्नुभयो । परिसङ्घले औद्योगीकरणले मात्रै दीगो विकास प्राप्त गर्न सक्ने र यसले पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथअघि बढाउन अनुरोध गरेको छ । परिसङ्घले आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्रोत्साहन गर्न, चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउनुपर्ने बताएको छ । रासस

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पथलैयामा २१ किलो गाँजासहित दुई किशोर पक्राउ

कलैया । बारा प्रहरीले पथलैयाबाट ठूलो परिमाणमा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार राति करिब ८:२० बजे जितपुरसिमरा...

वीरगंजमा चौथो नगर राष्ट्रपति रनिङ सिल्ड तेक्वान्दो छनोट प्रतियोगिता सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाको आयोजनामा वीरगंजस्थित घडिअर्वा पोखरी कभर्डहलमा ‘चौथो नगर राष्ट्रपति रनिङ सिल्ड तेक्वान्दो छनोट प्रतियोगिता’ सम्पन्न भएको छ । कार्यक्रम गणेशमान श्रेष्ठको अध्यक्षता...

पर्सामा योजना वितरणमा कमिशनको आरोप, विरोधमा कार्यालयकाे बोर्डमा मोबिल छर्क्ने दुई पक्राउ

वीरगंज । मधेश प्रदेश सरकारअन्तर्गत विकास निर्माणका योजनाहरू कमिशनको आधारमा वितरण भइरहेको आरोपबीच पर्सामा विवाद चर्किएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनालय...