Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

घुम्ती स्वास्थ्य शिविरबाट ६ सय महिला लाभान्वित

spot_img
spot_img

पोखरीया । पर्साको विभिन्न स्थानमा सञ्चालित घुम्ती स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी महिला लाभान्वित भएका छन् । वीरगञ्ज महानगरपालिकाद्वारा आयोजित घुम्ती शिविरमा महिलामा हुने आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फिस्टुला तथा पाठेघरसम्बन्धी स्क्रिनिङ जाँचलगायतका विभिन्न स्वास्थ्य जाँच गरिएको हो ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको जनस्वास्थ्य प्रवद्र्धन शाखाको सहकार्यमा चैत ८ गतेदेखि सुरु भएको शिविर विभिन्न वडा हुँदै चैत १९ मा सम्पन्न भएको हो । उपचारका लागि टाढासम्म जान नसक्ने महिलालाई लक्षित गरी ६ वटा वडामा सञ्चालन गरिएको घुम्ती स्वास्थ्य शिविरबाट ६ सय ६१ महिला लाभान्वित भएका हुन् ।
शिविरमा एक सय नौ जनाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी गरिएको परीक्षणमा २० जनामा गम्भीर समस्या देखिएको र १६ जनामा शङ्कास्पद अवस्था देखिएको थियो । साथै ७३ जनाको अवस्था सामान्य भएको पाइएको छ ।

त्यसैगरी २९ जना गरिएको स्तनसम्बन्धी परीक्षणमा १२ जनाको अवस्था शङ्कास्पद देखिएको र उनीहरुलाई अस्पताल पठाइएको थियो । साथै १७ जनामा सामान्य अवस्था पाइएको छ ।

चौबीस महिलामा आङ खस्ने समस्याबारे गरिएको चेकजाँचमा तीन जनामा सुरुवाती चरण देखिएको तथा १७ जनामा पहिलो र दोस्रोचरणको समस्या देखिएको थियो । त्यसैगरी तीन जनामा तेस्रो चरणको समस्या देखिएको थियो भने एक जनामा चौँथोचरणको समस्या पाइएको डाक्टरहरुले बताएका छन् ।

त्यस्तै चेकजाँचको क्रममा चारजनामा पाठेघरको मुखमा मासु पलाएको र १४ जनामा भने सिस्टोसेलसम्बन्धी समस्या पाइएको डाक्टरले जनाएका छन् । स्त्री रोग विशेषज्ञ डाक्टर प्रतिति यादव र डा दिप्ती यादवले परीक्षण गर्नुभएको थियो भने वीरगञ्ज महानगर वडा नं २८ बगही प्राथमिक स्वास्थ्य केन्द्रकी स्टाफ नर्स रिन्कुकुमारी साहले सहजीकरण गर्नुभएको थियो ।

वीरगञ्ज महानगरपालिका–२९ बसडील्वाको स्वास्थ्य चौकीबाट सुरु भएको शिविर वडा नं २८ को बगही स्वास्थ्य केन्द्र, वडा नं २० हरपतगञ्जको स्वास्थ्य चौकी, वडा नं २६ सुगौली विर्ताको स्वास्थ्य चौकी, वडा नं २४ रागढवाको स्वास्थ्य चौकी हुँदै वडा नं २३ प्रसौनी विर्ताको स्वास्थ्य चौकी पुगी सम्पन्न भएको थियो । रासस

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...