Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

सप्तरीमा नफलेको फल बारामा फल्दैन : प्रभु साह

spot_img
spot_img
वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट एवं मधेस विरोधीहरुलाई उपनिर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् । बाराको देवतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले बारा २ मा हुने उपनिर्वाचनमा भ्रष्ट एवं मधेस विरोधीहरु चुनाव लडन खोजेको भन्दै त्यस्ता लुटेरालाई पराजित गर्नुपर्ने बताए ।
 
जसपा अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै अध्यक्ष साहले भने, ‘सप्तरीमा नफलेको फल बारामा फल्दैन, सप्तरीका जनताले नरुचाएको नेतालाई बाराका जनताले कसरी मतदान गर्छ ? छिमेकीको खेतमा नफलेको मकै हाम्रो खेतमा फल्दैन् । नुन कहिल्यै पनि चिनि हुन सक्दैन् । त्यस्ता भ्रष्ट तथा जनता विरोधीलाई मतदान गर्नुले केही हुदैन् ।’
 
हिजोका दिनमा समग्र मधेस एक स्वायत प्रदेश हुनुपर्ने बताउँदै उपेन्द्रले वीरगंजलाई राजधानी बनाउँने बताए पनि आफैले बोलेको कुरा व्यवहारमा लागु नगरेको उनले बताए । निजगढ अन्तर्राष्ट्रिय विमान स्थल, सिम्रौनगढ, गढीमाईको बिकासको कुरा गर्दा उपेन्द्रले एक शब्द कहिल्यै पनि नबोलेको बताउँदै आजपा अध्यक्ष साहले आफू शहरी मन्त्री हुँदा गढीमाई, सिम्रौनगढको बिकाशका लागि करोडौं रकमको आयोजना राख्दा आफू पछि जसपाको नेता शहरी मन्त्री हुँदा ति योजना उपभोक्ता मार्फत खर्च गरी भ्रष्टाचार गरेको आरोप उनले लगाए ।
 
‘बारा जिल्ला आफ्नो गौरब बनाएको जिल्ला हो । किसान आन्दोलन यही बारामा भएको थियो । हिजोका दिनमा अरुलाई अन्न दिएर पेट भने जिल्ला अहिले आफै किन पछाडी पर्यो ? मानव बिकाश सुचांकमा किन पछाडी पर्यो ?’ साहले प्रश्न गर्दै भने, ‘विगत १० बर्ष देखी उपेन्द्र यादवको पार्टीले मधेसको मुख्यमन्त्री, केन्द्रमा हरेक सरकारमा आफै मन्त्री हुँदा समेत मधेसका लागि किन राम्रा काम गरेनन् । मधेसको मानवबिकास सुचांकलाई माथि पुर्याउँने काम किन गरेनन् ?’
 
मध्य तराई मधेसको बीचबाट फराकिलो सडक निर्माणका लागि आफूले बीरगंज–कलैया–मलाही–कटहरीया सहितका रोडको निर्माणका साथै आउँने दिनमा यहाँको बिकासका जिम्मा आफूले लिएर काम गर्ने बताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...