Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

सप्तरीमा नफलेको फल बारामा फल्दैन : प्रभु साह

spot_img
spot_img
वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट एवं मधेस विरोधीहरुलाई उपनिर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् । बाराको देवतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले बारा २ मा हुने उपनिर्वाचनमा भ्रष्ट एवं मधेस विरोधीहरु चुनाव लडन खोजेको भन्दै त्यस्ता लुटेरालाई पराजित गर्नुपर्ने बताए ।
 
जसपा अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै अध्यक्ष साहले भने, ‘सप्तरीमा नफलेको फल बारामा फल्दैन, सप्तरीका जनताले नरुचाएको नेतालाई बाराका जनताले कसरी मतदान गर्छ ? छिमेकीको खेतमा नफलेको मकै हाम्रो खेतमा फल्दैन् । नुन कहिल्यै पनि चिनि हुन सक्दैन् । त्यस्ता भ्रष्ट तथा जनता विरोधीलाई मतदान गर्नुले केही हुदैन् ।’
 
हिजोका दिनमा समग्र मधेस एक स्वायत प्रदेश हुनुपर्ने बताउँदै उपेन्द्रले वीरगंजलाई राजधानी बनाउँने बताए पनि आफैले बोलेको कुरा व्यवहारमा लागु नगरेको उनले बताए । निजगढ अन्तर्राष्ट्रिय विमान स्थल, सिम्रौनगढ, गढीमाईको बिकासको कुरा गर्दा उपेन्द्रले एक शब्द कहिल्यै पनि नबोलेको बताउँदै आजपा अध्यक्ष साहले आफू शहरी मन्त्री हुँदा गढीमाई, सिम्रौनगढको बिकाशका लागि करोडौं रकमको आयोजना राख्दा आफू पछि जसपाको नेता शहरी मन्त्री हुँदा ति योजना उपभोक्ता मार्फत खर्च गरी भ्रष्टाचार गरेको आरोप उनले लगाए ।
 
‘बारा जिल्ला आफ्नो गौरब बनाएको जिल्ला हो । किसान आन्दोलन यही बारामा भएको थियो । हिजोका दिनमा अरुलाई अन्न दिएर पेट भने जिल्ला अहिले आफै किन पछाडी पर्यो ? मानव बिकाश सुचांकमा किन पछाडी पर्यो ?’ साहले प्रश्न गर्दै भने, ‘विगत १० बर्ष देखी उपेन्द्र यादवको पार्टीले मधेसको मुख्यमन्त्री, केन्द्रमा हरेक सरकारमा आफै मन्त्री हुँदा समेत मधेसका लागि किन राम्रा काम गरेनन् । मधेसको मानवबिकास सुचांकलाई माथि पुर्याउँने काम किन गरेनन् ?’
 
मध्य तराई मधेसको बीचबाट फराकिलो सडक निर्माणका लागि आफूले बीरगंज–कलैया–मलाही–कटहरीया सहितका रोडको निर्माणका साथै आउँने दिनमा यहाँको बिकासका जिम्मा आफूले लिएर काम गर्ने बताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...