Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

बारामा द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रम सम्पन्न

spot_img
spot_img

 वीरगंज । बाराको सिमरामा दुई दिने आधारभुत तहमा सिकाइ आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रम साेमबार सम्पन्न भएको छ । एनसेट नेपालको आयोजना र एजुकेसन नेपाल, युनिसेफ नेपालको सहयोगमा आधारभुत तहमा सिकाइ आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो ।

आधारभुत तहमा सिकाइ आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रममा पर्साका ६ वटा स्थानीयतह र बाराका ७ वटा स्थानीय तहका शिक्षा प्रमुख र योजना प्रमुख गरि दुई / दुई जना सहभागी भएका थिए ।

यस्तै बारा कै कोल्हभी नगरपालिकाबाट १७ जना, विद्यालय ब्यवस्थापन समितिका १/१ जना र फेटा गाउँपालिकाबाट १८ विद्यालयका व्यवस्थापन समितिबाट १/१ जनाको सहभागिता रहेको थियो ।

त्यस्तै अभिमुखीकरणबाट सिकाइ आपूरण र द्रुत सिकाइ सहयोग सम्बन्धी विभिन्न क्रियाकलापहरु तथा साधनहरुको प्रयोग सम्बन्धी जानकारी विस्तृत रूपमा छलफल तथा अभ्यास गरेको थियो ।

एनसेटका कार्यक्रम संयोजक मित्रदेव यादवका अनुसार आधारभुत तहमा सिकाइ आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रम सिकाईको आवश्यकता किन र कसका लागि , कहिले र कसरी गर्ने भने कुराको बारेमा जानकारी प्रस्तुत भएको थियो ।

यस्तै न्यूनतम सिकाइ सक्षमताको मापनको कार्य ढाँचा र नमुना प्रशन पत्र तथा विद्यार्थी वर्गीकरण र विषय वस्तुको छनौट तथा सिकाइ आपुरणको रणनीतिहरु के के हुन् र यसको कार्यान्वयन योजना निर्माण र कार्यान्वयनको बारेमा विस्तृत छलफल समेत गरिएको थियो ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख फत्त बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशको तालिम केन्द्र बाराको प्रमुख ठूलो बाबु दाहाल लगायतको उपस्थिति रहेकोे थियो ।

कार्यक्रममा एनसेटका सुशील पन्डितले स्वागत गरेका थिए भने कार्यक्रममा सहजीकरणकर्ताको भुमिका उद्धव राय यादव, राम बहादुर पण्डित, नारायण प्रसाद अधिकारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...