Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

ओबिसीको महाधिवेशन वीरगंजमा, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

spot_img
spot_img
वीरगंज । नेकपा एमाले निकट अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघको प्रथम केन्द्रिय महाधिवेशन वीरगंजमा हुने भएको छ । आउँदो चैत २२ र २३ वीरगंज नगर सभा गृहमा पिछडावर्ग ओबिसी महासंघको प्रथम केन्द्रिय महाधिवेशन हुने लागेको हो ।
 
वीरगंजमा साेमबार पत्रकार सम्मेलनको आयोजना गरेर अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघले प्रथम महाधिवेशनलाई भव्य रुपमा सफल बनाउन तयारी थालिएको केन्द्रिय अध्यक्ष तेजप्रकाश निषादले जानकारी दिए । उनका अनुसार पिछडावर्ग ओबिसी महासंघको प्रथम महाधिवेशनमा २२ जिल्लाका ३ सय ३१ जना प्रतिनिधि सहभागी हुनेछन ।
 
महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने केन्द्रिय उपाध्यक्ष अकलेश साहले वताए । महाधिवेशने तयारीको बारेमा पुर्व जानकारीका लागी चैत २१ गते पार्टीका संगठन विभाग प्रमुख भानुभक्त ढकाल र सचिव रचना खड्का वीरगंज आईपुग्ने उपाध्यक्ष साहले बताए ।
 
साहका अनुसार महाधिवेशनमा तराई मधेश २२ जिल्लाका ४४ जातजातीबाट प्रतिनिधि सहभागी हुने छन ।
 
पत्रकार सम्मेलनमा पिछडावर्ग ओबिसी महासंघका महासचिव जयप्रकाश महतो, उपमहासचिव धनराज गुप्ता, कोषाध्यक्ष लिला कुशवाहा, केन्द्रिय सदस्य रामबाबु चौरसीया, केन्द्रिय सदस्य राजेश सिंह, ओबिसि पर्साका सचिव चन्दन सहनी, अनेरास्ववियु पर्साका सचिव पवन यादव, युवा नेता निपु साह लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...