Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

म्याद गुज्रेका सामानहरु बिक्री गर्ने उद्याेगका संचालकहरु अझै पक्राउ परेनन्

spot_img
spot_img

वीरगंज । म्याद गुज्रिएका खाद्यान्न सामग्रीहरु पुन: रि-प्याकिङ गरि बिक्री गर्ने उद्याेगका संचालकहरुलाई अझै सम्म प्रहरीले पक्राउ गर्न सकेकाे छैन । वीरगंजस्थित आफ्नै घरमा संचालहरु बसिरहे पनि प्रहरीले नियन्त्रण गर्न नसकेकाे समाचार प्राप्त भएकाे छ ।

गत चैत १४ गते विशेष सूचनाको आधारमा पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीको नेतृत्वमा गएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १३ श्रीपुर स्थित संचालनमा रहेकाे ‘फुडको नेपाल क्रोप प्रा.लि.’ र ‘स्नेक एण्ड प्याक’ उद्योग छापामारी गरेका गरि म्याद गुज्रिएकाे खाद्यान्न सामग्रीसहित उद्याेगमा कार्यरत ३ जनालाई पक्राउ गरेकाे थियाे ।

उद्याेगमा छापामारी भएकाे थाहा पाए लगतै उद्याेग संचालकहरु वीरगंज महानगरपालिकाकाे वडा नं. ७ निवासी संजय अग्रवाल, सोही ठाउँ निवासी विद्या कुमारी सरावगी एवं भरतपुर ३ चितवन निवासी संतोष कुमार अग्रवाल फरार भएका थिए ।

तिनै जनाले संयुक्त रुपमा संचालन गरेकाे दुईटै फर्ममा अन्दाजी २७ हजार किलो भन्दा बढि म्याद सकिएको खाद्यान्न सामाग्री बरामद भएकाे थियाे ।

‘फुडको नेपाल क्रोप प्रा.लि.’ ले बाहिरबाट विभिन्न ब्राण्डका म्याद सकिएका खाद्यान्न सामाग्रीहरु बजारबाट संकलन गरेर ल्याउने र त्यही कम्पाउण्ड भित्र रहेको ‘स्नेक एण्ड प्याक’ उद्योगले म्याद सकिएको खाद्यान्न सामाग्रीलाई रि–प्याकिङ्ग गरि नयाँ लेबल टाँसी बजारमा विक्री वितरण गर्ने गरेको पाइएको थियो ।

तीनै संचालकहरु मध्येका संजय अग्रवाल र विद्या कुमारी सरावगी वीरगंजकै हुन् भने सन्तोष कुमार अग्रवाल चितवन निवासी हुन् । फरार सुचि मै रहेका संजय अग्रवाल र विद्या कुमारी सरावगी वीरगंजस्थित आफ्नै घरमा बस्दै आएपनि प्रहरीले नियन्त्रणमा लिन नसकेकाे हाे ।

। घटनालाई सामसुम पार्नको लागि ठूलै रकमको चलखेल भइरहेको श्रोतले बताएको छ । उक्त उद्योगले ड्राइफुड र मसला पदार्थ प्याकिङ्ग गर्न घरेलु तथा साना उद्योग कार्यालयबाट अनुमति लिई म्याद सकिएको खाद्यान्न सामाग्री रि–प्याकिङ्ग गरि नयाँ मितिको लेबल टाँसी विक्री वितरण गर्ने गरेको पाइएको थियो ।

ति दुबै फर्मको गोदाम किचेनमा प्रयोग गरिने सम्पूर्ण मसला, सस, मह, च्वकलेट, सेम्पु, सेवई, स्नेक, विस्कुट, जिरा, गरम मसाला, विभिन्न मिठाई फ्लेबरका पाउडर लगायतका खाद्यान्न सामाग्रीहरु बरामद भएको थियो ।

म्याद सकिएको खाद्यान्न सामाग्री बजारबाट संकलन गरि लेबल प्रिन्ट गरि पुनः रि–प्याकिङ्ग गर्ने गरेको सूचनाको आधारमा प्रहरीले छापामारी गरेको थियो । छापामारीको क्रममा उपभोक्ताले प्रयोग गर्ने किचेनका सम्पूर्ण सामानहरु एवं बच्चाहरुले खाने विभिन्न ब्राण्डका च्वकलेट म्याद सकिएर पुनः रि–प्याकिङ्ग गर्ने गरिएको अवस्थामा बरामद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, बाणिज्य आपुर्ति तथा उपभाेक्ता संरक्षण कार्यालय वीरगंज, खाद्य तथा गुण कार्यालय वीरगंज र वीरगंज उद्याेग वाणिज्य संघकाे संयुक्त टाेली छापामारी गरेकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले फरार संचालकहरुको खोजी कार्य भइरहेको वताए ।

उनले उक्त घटनामा संलग्न विरुद्धको मुद्दामा थप अनुसन्धान भइरहेको भन्दै शुक्रबार पनि संचालकहरुलाई सम्पर्क ल्याउन खोजिएको तर सम्पर्क विहीन रहेको कारण पक्राउ गर्न नसकिएकाे बताए ।

बरामद भएको खाद्यान्नको पनि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...