Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

कांग्रेसले टुङ्ग्यायाे मन्त्रीको नाम, पर्साबाट रमेश रिजाल मन्त्री बन्दै

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना सांसदलाई मन्त्रालयमा पठाउने भएको छ ।

कांग्रेसबाट उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । रमेश रिजाल पर्सा निर्वाच क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । 

यस्तै अर्का उपसभापति धनराज गुरुङ् सामान्य प्रशासन, एनपी साउँद शहरी विकास, सिता गुरुङ् भूमि ब्यवस्था, डिग बहादुर लिम्बू कानून, प्रकाश शरण महत अर्थ र मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसबाट मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...