Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

स्वर्गीय नरेश सर्राफ पत्रकारिता पुरस्कारबाट पत्रकार सिंह पुरस्कृत

spot_img
spot_img

वीरगंज । प्रथम स्वर्गीय नरेश सर्राफ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार राजेन्द्र सिंहले पाएका छन । नेपाल पत्रकार महासंघ पर्साले एक कार्यक्रमका बिच २० हजार राशीको क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार सिंहलाई वितरण गरेको हो ।

पत्रकार महासंघ पर्साकाे सभाहलमा आयाेजित कार्यक्रममा सिंहलाई पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सम्मान पत्र र पुरस्कार राशी बाराबरकाे चेकले पुरस्कृत गरेका थिए ।

गत शनिबार बसेको पत्रकार महासंघ पर्सा शाखाको बैठकले महासंघकाे स्थापना दिवसकाे अवसरमा पत्रकार सिंहलाई पुरस्कृत गर्ने निर्णय गरेकाे थियो । प्रेस चौतारी पर्साको सचिव समेत रहेका पत्रकार सिंह हाल रेडियो नेपाल, एन्युज टेलिभिजन र पब्लिक एफएममा कार्यरत छन् ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुपत तिवारीको अध्यक्ष्तामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल शाह, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य महेश दास, प्रेस युनीयन पर्साका अध्यक्ष रामनारायण कुर्मी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काले गरेका थिए भने स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजीव मिश्राले गरेका थिए ।

स्वर्गीय पत्रकार सर्राफ नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य थिए । उनको यसै बर्षकाे मंसिर १५ गते हृदयघात भएर अल्पायु मै निधन भएको थियो ।

अक्षयकोषमा अध्यक्ष अहमदको ५० हजार सहयोग

पुरस्कार वितरण कार्यक्रम मै स्वर्गीय पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापना भएको अक्षयकोषमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले रु ५० हजार सहयोग गरेका थिए ।

जनता समाजवादी पार्टी पर्साका सचिव समेत रहेका अहमदले सहयाेग रकम बराबरकाे चेक पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी र काेषाध्यक्ष संजिव मिश्रलाई हस्तान्तरण गरेका थिए ।

अहमदले मंसिर २५ गते समाजवादी प्रेस संगठन पर्सा र रेडियाे वीरगंजले संयुक्त रुपमा आयाेजना गरेकाे श्रद्धाञ्जलि सभामा अक्षय काेषमा एक महिनाकाे तलब सहयाेग गर्ने घाेषणा गरेका थिए । 

महासंघकाे स्थापना दिवसकाे अवसरमा प्रभातफेरी

नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा बिहिबार विहान वीरगंजमा प्रभातफेरी समेत निकालिएकाे थियाे ।  

नेपाल पत्रकार महासंघ पर्सा शाखाकाे आयाेजनामा वीरगंजकाे घण्टाघरबाट निस्केकाे प्रभातफेरी माइस्थान पुगी पुन: घण्टाघरमा हुँदै मुर्लीस्थित नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा पुगी सम्पन्न भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...