Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढीमा दुई महिने सिलाईकटाई तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. २ बागवानामा संचालित ६० दिने सिलाई कटाई तालिम सम्पन्न भएकाे छ ।  पर्सागढी नगरपालिकाको आर्थिक सहयोग र परिवर्तन अभियान नेपाल पर्साकाे आयाेजनामा संचालित तालिम सम्पन्न भएकाे हाे । 

उक्त कार्यक्रममा अथिति गण श्री लक्ष्मी बिक ,राधिका चौधरी ,बिरेन्द्र महतो थारू र लक्ष्मण आचार्य आदिले सिलाई कटाई तालिमको उदेश्य र महतब बारे प्रकाश पारेका छन् ।

तालिम समापन समाराेहलाई सम्बाेधन गर्दै पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले ६० दिने सिलाई कटाई तालिममा सिकेका सीपको उपयोग गर्दै स्वरोजगार बन्न सहभागीहरूलाई आग्रह गरे । उनले यस्ताे सिपमूलक कार्यक्रम फेरि ल्याउने पनि प्रतिबद्धता जनाए ।

आयाेजक संस्था परिवर्तन अभियानका अध्यक्ष मनोज कुमार यादवकाे अध्यक्षता र मेयर पाठककाे प्रमुख आतिथ्यतामा भएकाे समापन कार्यक्रममा वडा नं. २ का अध्यक्ष बिरेन्द्र महतो थारू, वडा सदस्य लक्ष्मी बिक, श्री श्यामसुन्दर चौधरी, लक्ष्मण आचार्य , हिरामति पंजियार, वडा सचिव राधिका चौधरी, मनिषा महतो, विन्देश्वर साह लगायतले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...