Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा प्रहरीकाे छापा, १० किलाे चरेश सहित कुर्मी पक्राउ

spot_img
spot_img

वीरगंज । लागु औषध चरेश सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा प्रहरीले छापमारी गरी एक जनालाई पक्राउ गरेकाे हाे ।

 इलाका प्रहरी कार्यालय पाेखरियाबाट प्रहरी निरिक्षक माेहन बिक्रम केसीकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले पर्साकाे कालिकामाई गाउँपालिका वडा नं.१ तिनडाेबिया निवासी ३८ बर्षिय बृजेश प्रसाद कुर्मीलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

कुर्मीले आफ्नै घरमा लागु औषध चरेश लुकाइ छिपाइ राखेका छन् भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले साेमबार विहान ०२:३० बजेको समयमा कानूनी रीतपुर्‍याइ निजको घरकोठा खानतलासी गर्दा लागु औषध चरेश ९ केजी ८०० ग्राम बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

सो घरको अगाडि बरण्डामा खाटमुनी पहेलो र कालो प्लाष्टिकले बेरिएको ५०० ग्रामको २० पोका गरी जम्मा ९ के.जी. ८०० ग्राम लागु औषध चरेश बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । बरामद लागु औषध र घर धनी कुर्मीलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट ४ दिनकाे म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेकाे उनले वताए  ।     

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...