Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

‘चिकेन स्टेसन’लाई कारबाही गर्न मधेशी आयोगकाे पत्राचार

spot_img
spot_img
 

वीरगंज । मधेसी आयोगले गाईको मासु बेच्ने वीरगंजकाे चिकेन स्टेसनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । 

हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेपछि विभिन्न हिन्दू संघसंगठनले मधेसी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारबाही गर्नका लागि उजुरी दिएका थिए । 

उजुरीका आधार चिकेन स्टेसनलाई कारबाही गर्न पत्राचार गरेको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले जानकारी दिए ।

भुलवस आपत्ती जनक समाग्री प्रसारित भएको भन्दै चिकेन स्टेशनद्वारा क्षमायाचना 

चिकेन स्टेशनले आफ्नो समाजिक सञ्जालमा भुलवस आपत्ती जनक समाग्री प्रकाशित भएको भन्दै क्षमायाचना गरेको छ । स्टेशनका संचालक अरुण झाले आइतवार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी बिज्ञापन गर्ने क्रममा कर्मचारीको लापरवाहीका कारण आपत्ती जनक समाग्री प्रसारित भएको बताउँदै हाम्रो संस्था धर्म, सस्कृतिप्रति प्रतिब्ध रहेको बताए ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चिकेन स्टेशनले सकहारी र मान्सहारी ग्राहकको लागि छुट्टा–छुट्टै भन्साबाट सेवा प्रदान गरी रहेको झाले बताए । पत्रकारहरुको प्रश्नको जवाफ दिदै संचालक झाले बाहिर हल्ला भए अनुसार हामी सोच्नै नसक्ने दावी गरे । प्रचार–प्रसारको लागि गरिएको पोष्टमा आपत्ती जनक समाग्री प्रकाशित भएपछि त्यसको केही मिनेटमै समाग्री सच्याएको तथा चिकेन स्टेशनले आफ्नो अफिसिएल पेजबाटै क्षमायाचना समेत गरिएको पत्रकार सम्मेलनमा झाले बताए ।

पत्रकार सम्मेलनमा झाले बुलवस भएको त्रटीलाई माफ गरी दिन आम ग्राहकवर्ग एवं सम्बन्धित सबै पक्षलाई अनुरोध गरे । उनले भबिष्य यस्तो गल्ती फेरी नदोहरिने समेत दावी गरे ।

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस नोटमा कसैलाई सो सम्बन्धि कुनै आशंका लागेको खण्डमा स्टेशनमै आएर परिक्षण सकिने उल्लेख गरिएको छ । स्टेशन हिन्दु धर्मको मर्यादा प्रति सजक र सचेत रहेको झाद्वारा हस्ताक्षरित प्रेस नोटमा उल्लेख गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...