Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नेत्रज्योति संघद्वारा निशुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img
वीरगंज । नेपाल नेत्रज्योति संघ पर्सा शाखाको आयोजनामा साेमबार वीरगंजमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
वीरगंजकाे माइस्थान मन्दिर परिसरमा भएको शिविरकाे उद्घाटन संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेलले आफ्नो आँखा जाँच गराइ गरेका थिए ।
 
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उपाध्यक्ष पाेखरेलले वीरगंज महानगरपालिकाको वार्ड र ग्रामिण भेग तर्फ पनि आँखाको परिक्षण गराउनु पर्ने र सो वारे आवश्यक पहल भइरहेको वताए ।
 
नेपाल नेत्रज्योती संघ पर्साका सभापति भगवती चौधरीको अध्यक्षतामा भएकाे कार्यक्रममा पत्रकार, मन्दिरका पुजारी, जेष्ठ नागरिक, प्रहरी, सर्वसाधारण गरि ४५ जन्नाले आफ्नो आँखा जाँच गराएकाे संघ पर्साका कार्यसमिती सदस्य राजन श्रीवास्तवले जानकारी दिए ।
 
केडिया आँखा अस्पतालका चिकित्सक डा. रासदेव साह र अन्जली चौधरीले आँखा जाँच गर्नुकाे साथै आवश्यकता अनुसारकाे औषधि समेत वितरण गरेकाे उनले वताए ।
 
शिविर उद्घाटन कार्यक्रममा संघका निवर्तमान सभापति मधु राणा, उपाध्यक्ष मदन गुप्ता, गणेश प्रसाद साह, महन्थ प्रसाद यादव, फुलमहम्मद मियाँ, समिता दास, सन्तोष ज्यासवाल लगायतको उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे संचालन सहसचिव उमेश गुप्ताले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...