Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

भोजपुरी अभिनेत्री आकांक्षा दुबेले गरिन आत्महत्या

spot_img
spot_img

भोजपुरी अभिनेत्री आकांक्षा दुबे भारत बनारसको एक हाेटलमा मृत भेटिएकी छन् । सरनाथ नामको होटलमा अभिनेत्री  पासो लागेकाे अवस्थामा मृत फेला परेकी टाइम्स अफ इन्डियाले लेखेकाे छ । 

२५ वर्षीया उनले आत्महत्या गरेको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ । भोजपुरी चलचित्र उद्योगकी चर्चित अभिनेत्रीले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाली की २’ फिल्ममा काम गरेकी थिइन् । 

आजै मात्र भोजपुरी सुपरस्टार पवन सिंहसँग उनको नयाँ गीत ‘आरा कभी हारा नहीं’ रिलिज भएको छ । उनले किन यस्तो कदम चालिन् भन्नेबारे केही खुलेको छैन । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...