Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

नारायणी सिचाई व्यवस्थापन कार्यालय प्रमुख सिंहकाे मनाेपरी

spot_img
spot_img

वीरगंज । नारायणी सिचाई व्यवस्थापन कार्यालय गण्डक बहअरी, पर्साका प्रमुख मनाेरन्जन सिंहले नियम विपरित मनाेपरी तरिकाले काम गरिरहेकाे समाचार प्राप्त भएकाे छ ।

सप्तरी निवासी प्रमुख सिंहले १० बर्षदेखि कार्यरत रहेका करारका कर्मचारीहरुलाई हटाएर आफ्ना आफन्तहरुलाई भर्ना गरेका छन् । नेपाल सरकारले काररमा नयाँ कर्मचारी भर्नामा राेक लगाए पनि उनले सुपरभाइजर, गेट अपरेटर र ढलफा लगायतका पदमा नयाँ कर्मचारीहरु भर्ना गरेका छन् ।

प्रमुख सिंहले नियम विपरित एक जना गेट अपरेटरकाे म्याद नथपेर विभिन्न पदमा आधा दर्जन भन्दा बढी आफ्नाे गृह जिल्ला सप्तरीकाे व्यक्तिहरुलाई न्युक्त गरेकाे कर्मचारी स्राेतले जनाएकाे छ ।

प्रमुख सिंहले नयाँ न्युक्त गरेका कर्मचारीहरुकाे लुकाएर छुट्टै रजिष्टरमा हजारी गराइरहेका छन् । यसका साथै प्रमुख सिंहले अवकाश प्राप्त कर्मचारीहरुलाई समेत ज्यालादारीमा राखेर काम गराइरहेका छन् । तर १० बर्षदेखि कार्यरत कर्मचारीकाे म्याद थप्न मानेका छैनन् ।

यस्तै प्रमुख सिंहले विना टेन्डर काेटेशनकाे भरमा पानी नै नजाने बलक नम्बर १४ अन्तर्गतकाे नहरकाे सरसफाई गराइरहेका छन् । स्राेतका अनुसार प्रमुख सिंहले एक कर्मचारी मार्फत नहरकाे सरसफाई गराए पनि पछि पक्रिया पुर्याएर ठेक्दार कम्पनी मार्फत प्यामेन्ट गर्ने याेजना रहेकाे छ ।

यसैगरी विना टेन्डर बाराकाे बसवरियास्थित १२ नम्बर बलकमा गेट समेत निर्माण गराएका छन् । त्यहाँस्थित नहरमा समेत पानी नजाने गरेकाे स्थानियहरुकाे भनाई छ ।

यस विषयमा बुझ्न प्रमुख सिंहले प्रयाेग गर्दै आएकाे माेबाइल नम्बरमा फाेन गर्दा सुचना अधिकारी सुरेश साहले फाेन उठाए पनि केही बताउन चाहेनन् । साेमबार फाेन गर्दा म एउटा मिटिङमा रहेकाेले एक घण्टापछि कुरा गर्ने वताएका थिए । पछि मंगलबार पुन: फाेन गर्दा आफु दुर्घटनामा परेर खुट्टा फ्रेकचर भएका कारण पेन भइरहेकाेले कुरा गर्न नसकिने वताए । उनले कार्यालयमा भेटेर कुरा गर्न भन्दै कुरा गर्न चाहेनन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...