Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठोरीमा बाघको आतंक, गोठमा पसेर बाख्रा र पाडा मार्याे

spot_img
spot_img

वीरगंज । पर्साको ठोरीमा पाटे बाघको आतंक बढेकाे छ । बाघले एक किसानको गोठमा रहेको बाख्रा र पाडा मारेको छ । सोमबार राति १२ बजे पर्सा राष्ट्रिय निकुञ्जबाट निस्कीएको पाटे बाघले ठोरी गाउँपालिका वडा नम्बर ४ घ्याङडाँडाका मिकमर लामाको गोठमा पसेर बाख्रा र पाडा मारेको स्थानीय बुद्ध पाख्रीनले जानकारी दिए ।

गोठमा रहेका ६ वटा बाख्रा र १ पाडाे मारेको पीडित लामाले बताए । बाघ गोठमा प्रवेश गरी आक्रमण गरेको थाहा पाएलगत्तै लामा दम्पतीले सहयोगका लागि गाउँलेलाई बोलाएका थिए । त्यसपछि उनीहरुले निकुञ्जका कर्मचारी र आर्मीको सहयोगमा मंगलबार बिहान ४ बजे मात्र बाघ जंगलतर्फ धपाउन सफल भएका थिए ।

लामाले बाघको आक्रमणबाट एक लाख रूपैयाँ भन्दा बढीको क्षति भएको वताए । बाघ फेरि गाउँ पस्ने डरले स्थानीय बासिन्दा त्रसित छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...

मानव–बाघ सहअस्तित्वका लागि बाघ–मित्र अभियान प्रभावकारी

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा मानव–बाघ सहअस्तित्व प्रवद्र्धनका लागि सञ्चालन गरिएको ‘बाघ–मित्र अभियान’ प्रभावकारी बन्दै गएको  छ । अभियानको प्रभावकारिता, उपलब्धि, चुनौती तथा आगामी...