Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

ठोरीमा बाघको आतंक, गोठमा पसेर बाख्रा र पाडा मार्याे

spot_img
spot_img

वीरगंज । पर्साको ठोरीमा पाटे बाघको आतंक बढेकाे छ । बाघले एक किसानको गोठमा रहेको बाख्रा र पाडा मारेको छ । सोमबार राति १२ बजे पर्सा राष्ट्रिय निकुञ्जबाट निस्कीएको पाटे बाघले ठोरी गाउँपालिका वडा नम्बर ४ घ्याङडाँडाका मिकमर लामाको गोठमा पसेर बाख्रा र पाडा मारेको स्थानीय बुद्ध पाख्रीनले जानकारी दिए ।

गोठमा रहेका ६ वटा बाख्रा र १ पाडाे मारेको पीडित लामाले बताए । बाघ गोठमा प्रवेश गरी आक्रमण गरेको थाहा पाएलगत्तै लामा दम्पतीले सहयोगका लागि गाउँलेलाई बोलाएका थिए । त्यसपछि उनीहरुले निकुञ्जका कर्मचारी र आर्मीको सहयोगमा मंगलबार बिहान ४ बजे मात्र बाघ जंगलतर्फ धपाउन सफल भएका थिए ।

लामाले बाघको आक्रमणबाट एक लाख रूपैयाँ भन्दा बढीको क्षति भएको वताए । बाघ फेरि गाउँ पस्ने डरले स्थानीय बासिन्दा त्रसित छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...