Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

सबैठवामा श्री नवाह परायण प्राण प्रतिष्ठा महायज्ञ

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवामा आजदेखि श्री श्री १००८ श्री नवाह परायण प्राण प्रतिष्ठा महायज्ञ सुरु भएकाे छ । सबैठवा गाउँवासीकाे आयाेजनामा सुरु भएकाे महायज्ञकाे पहिलाे दिन मंगलबार कलश यात्रा निकालिएकाे थियाे ।

कलश यात्राकाे उद्घाटन पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता र उपाध्यक्ष सरफुन नेशाले संयुक्त रुपमा गरेका थिए । 

सयाैं कुंवारीहरुकाे सहभागितामा सबैठवाबाट निस्केकाे कलश यात्रा खेस्राहा, भेलहा, लहावरथकरी, भेडिहारी, गदियानी, गदियानी पाेखरिया हुँदै सिकटा नदीमा जल भरी पुन: यज्ञ स्थलमा पुगी सम्पन्न भएकाे थियाे ।

सुख, शान्ति एवम् समृद्धिकाे कामना गर्दै आयाेजना गरिएकाे महायज्ञ ९ दिन सम्म चल्ने वडाध्यक्ष बलिराम चाैरसियाले जानकारी दिए । यज्ञमा अन्तराष्ट्रिय ख्याती प्राप्त विद्वान मृदुभाषी वक्ता, कथावाचक, रामलीला, गायन कलाकारकाे प्रस्तुती रहने महायज्ञ समितिले जनाएकाे छ ।

यसका साथै मनाेरन्जनकाे लागि झुला, माैत कुवाँ, सर्कस लगायतकाे खेलतामाशाकाे समेत व्यवस्था गरिएकाे आयाेजकले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...