Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

अझै पर्साका ८ पालिकाले जग्गा बर्गीकरण नगर्दा किताकाट हुन सकेन

spot_img
spot_img

वीरगंज । पर्साको केही पालिकाहरुको लापरवाहीले गर्दा सर्बसाधारण मर्कामा परेका छन । केही पालिकाहरु बाहेक अधिकांश पालिकाहरु जग्गाको बर्गीकरणको निर्णय गरी मालपोत तथा नापी कार्यालयमा नपठाएका कारण जग्गाको किताकाट रोकिएको छ ।

सानो आकारको जग्गा बिक्री गर्न किताकाट आवश्यक रहेकोले पालिकाको निर्णय बिना किताकाट हुनसकेको छैन । कालिकामाई गाउँपालिका वडा नम्बर दुई भेडिहारी निवासी हितेश कुश्वाहाका अनुसार जग्गा किताकाट नहुँदा जग्गा बिकरी हुन सकेकाे छैन । 

जग्गा बिक्री नहुँदा लिएको कर्जा तिर्न नसकेर ब्याजले मर्ने बेला भएको उनले गुनासाे गरे । कुश्वाहाका अनुसार पालिकाले निर्णय गरी गरीब, असहाय माथी ठुलो गल्ती गरेको छ ।

हाल सम्म जग्गा बर्गीकरण गरी नपठाउनेमा पर्साका ८ वटा पालिका रहेको मालपाेत कार्यालय पर्साले जनाएका छ । कालिकामाई, धोबिनी, पोखरीया, जीराभवानी, ठोरी, बिन्दवासिनी, छिपहरमाई र जगरनाथपुर गाउपालिकाले जग्गाको बर्गीकरणको निर्णय नगर्दा स्थानिय सर्बसाधाराण मर्कामा परेका हुन ।

यी ८ मध्ये धोबिनी गाउँपालिकाको निर्णय भएको सुचना पाएको मालपोत कार्यालय पर्साका नायब सुब्बा राजेश्वर साह तेलीले बताए ।

यस अगाडी नै वीरगंज महानगरपालिका, पकहा मैनपुर, पटेवर्वासुगौली , सखुवा प्रसाैनी गाउँपालिका, बहुदरमाई र पर्सागढी नगरपालिकाहरुले जग्गाको बर्गीकरण गरी किताकाट शुरु गरी सकेको नायव सुब्बा तेली जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...