Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

“भाटभटेनी सुपरमार्केट” वीरगंजमा पनि संचालन हुँदै

spot_img
spot_img

वीरगंज । नेपालकै ठूलो चेन सुपर मार्केट ‘भाटभटेनी सुपरमार्केट’ अब मधेश प्रदेशकाे वीरगंजमा पनि सञ्चालनमा आउने भएको छ । भाटभटेनीको २४ औं स्टोरको रुपमा वीरगंजमा शुभारम्भ हुँदैछ । स्टोरको आगामी चैत्र ९ गते औपचारिक समुद्घाटन हुने भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले जानकारी दिए ।

देशभर स्टोर विस्तार अभियानमा रहेको भाटभटेनीले यस अगाडि २३ वटा स्टोर सञ्चालनमा ल्याइसकेको छ । यो स्टोर मधेश प्रदेशमा पहिलो स्टोर हो । नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको सेवा विस्तार गरिएको सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङको भनाई छ ।

यसै क्रममा देशको प्रमुख औद्योगिक शहर वीरगंजबाट पनि सेवा प्रदान गर्ने लक्ष्यका साथ २४ औं स्टोर स्थापना गरिएको र शुभारम्भका लागि तयारी भइरहेको भन्दै गुरुङले यस स्टोरमा २ अर्ब ५० करोड बढीको लागत रहेने तथा करिब २५० जना स्थानियले रोजगार प्राप्त गर्ने बताए ।

देशको मुख्य औद्योगिक शहर तथा मधेश प्रदेशको सबैभन्दा ठुलो शहर वीरगंजबाट हाम्रो सेवा सुरु गर्न पाउँदा खुशी लागेको उनले वताए । यस स्टोको शुभारम्भले यस क्षेत्रका जनतालाई सपिङको सहजता र यहाँको बजार थप चलायमान हुनेमा हामी विश्वस्त रहेको भन्दै प्रबन्ध निर्देशक गुरुङले यहाँका स्थनीयबाट पनि अन्य स्टोरहरुमामा जस्तै माया र सद्रभाव एवम् साथ सहयोगको अपेक्षा लिएको बताए । भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको उनको दाबी छ ।

उनले भने ‘हामीले अन्तराष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन, स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकतामा राखेका छौं । स्टोरमा ग्रोसरी, भाडाकुँडा, बच्चाका खेलाउनाका सामान, लत्ताकपडा, जुत्ता, टिभि, फ्रीज, वासिङ मेसिन लगायत दैनिक उपभोग्य सबै सामान एकै ठाउँमा बजारकै मूल्यमा उपलब्ध हुने व्यवस्थापक विनोद भट्टराईको भनाई छ ।

फुडकोर्ट सहितको पूर्ण वातानुकुलीत एवम् आकर्षक सजावट सहित एकै स्थानमा अन्तराष्ट्रिय स्तरको सपिङगर्दा यस क्षेत्रका आम उपभोक्ताको समयको समेत बचत हुने उनी बताउँछन । हामीले यस स्टोरको संचालनबाट यँहाका स्थानियहरुले मात्र नभई छिमेकी मुलुक भारतका सिमावर्ती शहरका आम सर्वसाधारण समेत लाभान्वित हुने उनको बिश्वास छ ।

यस स्टोरमा अन्तराष्ट्रिय स्तरको पेपे पिज्जा, मल्टिप्लेक्स सिनेमा हल, वल्र्ड क्लास ब्राण्डेड लुगाहरु लगाएतका सुविधाहरु पनि रहने उनले बताए । व्यवस्थापक भट्टराइले स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानमा २० प्रतिशत छुटसँगै फ्रि होमडेलिभरी सुविधा रहेको जानकारी दिए ।

वीरगंज महानगर – १४ गण्डक, बहुअरिमा २ बिगाहा १० कठ्ठा क्षेत्रफलमा स्टोर निर्माण सम्पन्न हुन लागेको स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको तथा अण्डरग्राउण्ड बेसमेन्ट पार्र्किङ सहित ७ तल्लाको भवन रहेको छ । यो स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्य भवन तथा सपिङ स्पेसको हिसाबले सबै भन्दा ठुलो रहेको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईको भनाई छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...