Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा स्थानियहरुले आफै बनाए ब्रहमस्थान जाने बाटाे

spot_img
spot_img

वीरगंज । पर्साको कालिकमाई गाउँपालिका वडा नम्बर दुईमा स्थानियहरुले चन्दा संकल्न गरी बाटो निमार्ण तथा सडक ढलान गरेका छन ।

वडा अन्तर्गत पर्ने ठूलाे गदियानीका स्थानियवासीहरुले गाउँपालिका तथा वडा कार्यालयले बजेट बिनियोजन नगरे पछि आफै बाटाे ढलान गरेका हुन् । स्थानिय समाजसेवी तथा युवाहरुको सक्रियतामा लगभग दुई सय फिट बाटो निर्माण गरि ढलान समेत गरिएकाे स्थानिय बिरेन्द्र साहले वताए ।

गदियानी गाउँको बरहमस्थानमा आउनजान बाटो नरहेको र सो बाटोका लागी सोही गाउँका मुस्लिम समुदायका ५ जनाले हिन्दुहरुको पुजा गर्ने स्थल बरहमस्थानका लागी जग्गा समेत उपलब्ध गराएका छन् ।

मुल सडकबाट बरहमस्थान निर जानका लागी सोही गाउँका शमशेर राउत गदी, नगीन राउत गदी, असिन राउत गदी, सुनरमन राउत गदी र दरोगा राउत गदीले ४ फिट जग्गा उपलब्ध गराएका हुन् ।

हिन्दु र मुस्लिम एक आपसमा भाई/भाई हुन भने परिचय गादियानीका मुस्लिम समुदायले सन्देश दिइएका छन् ।

जग्गा उपलब्ध भए पछि स्थानियहरुले बाटो निमार्ण तथा ढलानका लागी जनप्रतिनिधिहरुलाई गुहारे पनि बजेट बिनियोजन नहुँदा स्थानियहरु कम्मर कसी आफैमा चन्दा संकल्न गरी बाटो निमार्ण तथा ढलान गरेको साहले बताए ।

साह कै अगुवाईमा दर्जनौ युवा, समाजसेवी तथा स्थानियहरुको पहलकदमीमा सो बाटो निमार्ण तथा ढलान गरिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...