Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

‘तु झुठी मैं मक्कार’ बन्याे वर्षकाे धेरै कमाउने दाेस्रो हिन्दी फिल्म

spot_img
spot_img

बलिउड अभिनेता रणवीर कपूर र श्रद्धा कपूर अभिनीत फिल्म ‘तू झुठी मैं मक्कार’ बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले १० दिनमा १०१ करोड ९८ लाख भारू कमाएको छ । उनले ट्विट गर्दै फिल्म सय करोड क्लबमा समावेश भएको जानकारी दिएका हुन् । 

‘तू झुठी मैं मक्कार’ यो वर्ष सय करोड कमाउने दोस्रो हिन्दी फिल्म बनेको छ । यसअघि शाहरूख खानको फिल्म ‘पठान’ ले दुई दिनमा सय करोड कमाएको थियो। 

फिल्ममा एक झुठी प्रेमिका र चलाख प्रेमीको प्रेमद्वन्द्वको कथा देखाइएको छ । उनीहरू एकअर्कालाई जालमा फसाउन संघर्षरत छन् । 

लभ रन्जनले निर्देशन गरेको फिल्ममा रणवीर र श्रद्धासँगै डिम्पल कपाडिया, बोनी कपूर, अनुभव सिंह बस्सीलगायत कलाकारको अभिनय छ । रोमान्टिक कमेडी जनराको फिल्म लभ फिल्म्स ब्यानर र टी-सिरिजको सहकार्यमा बनेको हो । 

यो फिल्मपछि रणवीर सन्दिप रेड्डी वांगाको फिल्म ‘एनिमल’ मा देखिनेछन् । फिल्ममा उनीसँगै रश्मिका मन्दनाको मुख्य भूमिका रहनेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...