Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

क्षमतावान एवं विश्वसनीय पत्रकार अहिलेको आवश्यकता : डा. महेन्द्र विष्ट

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले बढ्दो आधुनिक युगसँगै क्षमतावान पत्रकार बन्नुपर्ने सुझाव दिएका छन् । वीरगंज महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले चितवनको सौराहा स्थित आयोजना गरेको ‘पत्रकारहरुको क्षमता अभिवृद्धि’ तालिमको क्रममा बढ्दो आधुनिक युगसँगै पत्रकारहरुले पनि आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव दिए ।

तालिमको क्रममा सहभागी सञ्चारकर्मीहरुले उठाएको जिज्ञासा ‘स्थानीय पालिकाबाट सूचना पाउन सकस’ भन्ने विषयमा जानकारी गराउँदै उनले वर्तमान अवस्थामा पालिका प्रमुखदेखि कर्मचारीहरुले पत्रकारहरुको योग्यता, क्षमता एवं व्यवहार हेरेर मात्रै सूचना दिने गरेको अवस्थाले यसलाई सुधारको आवश्यकता रहेको औल्याँए । तर वर्तमान अवस्थामा केही पत्रकारहरुमा पनि कमि कमजोरी भएको कारण यो अवस्था सृजना भएको जानकारी गराए ।

तालिमको प्रशिक्षक समेत रहेको डा. विष्टले ‘पत्रकारिता’ पेशा नै आफ्नो पेशा नभई पाठकवर्ग एवं सर्वसाधारणहरुले निर्णय गर्ने पेशा भएको कारण पत्रकारहरुले लेख्ने समाचारलाई सर्वसाधारणदेखि कर्मचारी, जनप्रतिनिधिहरु पनि नजिकबाट नियाली कुन पत्रकार कतिको क्षमतावान छन्, कतिको विश्वसनीय समाचार सम्प्रेशन गर्ने गरेको छन्, सबै जानकारी लिई सोही अनुसार व्यवहार गर्ने गरेको अवस्था सृजना भएको भन्दै यसतर्फ सञ्चारकर्मीहरु पनि आफैमा क्षमतावान हुनुपर्ने, विश्वसनीय समाचार सम्प्रेशन गर्नुपर्ने सुझाव दिए ।

उनले भने ‘पत्रकारिता पेशा आम जनतासँग सम्बन्धित हुन्छ, जस्तै औषधी उत्पादन गर्ने सँस्थाले आफ्नो उद्योग हो, जतिको मात्रामा केमिकल मिसाई औषधी उत्पादन गर्न सक्ने आफ्नो अधिकार रहेको भन्ने बुझ्नु गलत रहेकोले चिकित्सा एवं पत्रकारिता पेशा पनि सर्वसाधारणसँग सम्बन्धित रहेकोले पत्रकारले जे मनमा लाग्यो त्यो लेख्न पाउने आफ्नो अधिकार रहेको बुझ्नु गलत रहेको बताए ।

दिनप्रतिदिन सबै कुराको विकास हुँदै गएको छ, पत्रकारिता क्षेत्रमा पनि विकास भएको छ, पहिला पत्रपत्रिका, रेडियो एफ.एम., टेलिभिजन, बेग्लाबेग्लै थियो, तर अहिले आएर सबै अनलाइनमा सीमित भएको छ, र अनलाइनहरु पनि यति धेरै मात्रामा संचालनमा छन्, धेरैले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि मात्रै अनलाइन संचालन गरेका छन्, त्यो प्रवृत्ति भोलिका दिनमा पत्रकारिता पेशालाई नै संकटमा पार्ने भएकोले पत्रकारहरुलाई पनि दक्षता अभिवृद्धिको आवश्यकता रहेको बताए ।

वर्तमान अवस्थामा प्रवृधिले फड्को मार्दै गइरहेको छ, यो सकारात्मक पक्ष हो भने एका तर्फ पत्रकारिता जगतको लागि चुनौति पनि हो, त्यसमा पनि सामाजिक सञ्जालले पत्रकारिता पेशामा थप चुनौति बढेको छ भन्दै विगतमा पत्र पत्रिका प्रकाशित हुँदा आजको घटना भोलि प्रकाशित हुन्छ, तर अहिले सामाजिक सञ्जालमा तत्काल घटनाहरु सार्वजनिक भइरहेका छन्, यो चुनौतिलाई स्वीकार गर्दै आफूमा दक्षता वृद्धि गरि अगाडि बढ्नुपर्ने जानकारी दिए ।

तालिमको दोश्रो दिन प्रशिक्षक डा. विष्टले ‘विकास पत्रकारिता तालिम एवं स्थानीय तहसँग सम्बन्धित’ विषयका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । तालिम शनिबारसम्म संचनलन हुनेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...